+
+

एनसेलको चाडपर्व लक्षित ‘होम एन्ड अवे डेटा प्याक’ योजना सार्वजनिक

अनलाइनखबर अनलाइनखबर
२०७९ असोज १४ गते १३:२६

काठमाडौं । चाडपर्वमा एनसेलका ग्राहकले सुलभ दरमा डेटा सेवाको फाइदा लिन सक्ने भएका छन् । चाडवाडमा घरमा रहँदा होस् या बाहिर जहाँ भएपनि पनि डेटा सेवा लिन सकिने गरी एनसेल आजियाटा लिमिटेडले नौलो तथा आकर्षक ‘होम एन्ड अवे डेटा प्याक’ अफर सञ्चालनमा ल्याएको छ ।

दशैं, तिहार र छठ पर्वको अवसरमा ल्याइएको यो प्याक प्रयोग गरी ग्राहकले शुभकामना आदानप्रदान, चाडपर्वको उत्साह, उमङ्ग साट्नुका साथै आफ्ना प्रियजन र साथीभाइसँग सम्पर्कमा रही रहन सक्ने कम्पनीको जनाएको छ । ग्राहकले उक्त प्याकमा कर सहित ५९९ रुपैयाँमा ३० जीबी होम डेटा र ३० जीबी अवे डेटा गरी कुल ६० जीबी डेटा पाउने जनाएको छ ।

उक्त प्याक एनसेलले बिहीबारदेखि सञ्चालनमा ल्याएको हो । प्याकमा पाइने कुल ६० जीबी डेटामा ३० जीबीको होम डेटा ग्राहकले घरमा रहँदा प्रयोग गर्नका लागि पाउँछन् भने ३० जीबीको अवे डेटा घर बाहिर बाहिर जहाँ पनि चलाउन सक्ने कम्पनीले जारी गरेको प्रश विज्ञप्तिमा उल्लेख छ । यो प्याक अन्तर्गत डेटा चलाउनका लागि ग्राहकले जुन स्थानमा रहि यो प्याक सुचारु गर्दछ त्यही स्थानलाई होम लोकेसन मानिन्छ र अन्य स्थानलाई अवे लोकेसन मानिने उल्लेख छ ।

ग्राहकले आफ्नो आवश्यकता अनुसार आफ्नो होम प्याकको स्थान परिवर्तन पनि गर्न सक्छन् । प्याकमा यो प्याक सुचारु भएपछि २८ दिनको लागि मान्य रहने जनाएको छ ।

उक्त डेटा प्याकको विषेशता प्याकमा रहेको डेटा भोलुम खपत भइसके पछि प्याकको समयावधि रहेसम्म पे एज यू गो (पेजी) दर लागू नहुने जनाएको छ । होम एण्ड अवे डेटा प्याकमा रहेको डेटा सकिएमा ग्राहकले कुनै पनि अन्य डेटा प्याक खरिद गरी डेटा चलाउन सक्ने उल्लेख छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?