+
+

कपन र थिमिमा सानिमा बैंकको शाखा विस्तार

अनलाइनखबर अनलाइनखबर
२०७९ असोज १४ गते १६:३९

१४ असोज, काठमाडौं । सानिमा बैंक लिमिटेडले काठमाडौंको कपन र भक्तपुरको थिमिमा नयाँ शाखा विस्तार गरेको छ ।

१४ असोजदेखि थिमि र कपनमा बैंक शाखा स्थापना गरी बैंकिङ सेवा विस्तार गरेको बैंकले विज्ञप्ति जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

उक्त शाखाहरुको उद्घाटन ब्रान्ड प्रबर्द्धक वरिष्ठ कलाकारद्वय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य (मह जोडी) तथा बैंकका सञ्चालक भरतकुमार पोख्रेलले संयुक्त रुपमा गरे ।

उद्घाट कार्यक्रममा मह जोडीले थिमि र कपनमा सानिमा बैंकको शाखा सञ्चालनमा आएकोमा बैंकलाई बधाई ज्ञापन गर्दै सबल अनि विश्वसनीय बैंकको रुपमा स्थापित हुन शुभकामना दिए ।

सानिमा बैंकका प्रमुख कार्यकारी अधिकृत निश्चलराज पाण्डेले बैंकका ग्राहक तथा सरोकारवालालाई निरन्तर सहयोग तथा संरक्षणका लागि अनुरोध गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Khusi
                                chhu

खुसी

Dukhi
                                chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?