+
+

चुनावमा टिकट हात पार्न सहकारीकर्मीको लबिइङ तीव्र

अनलाइनखबर अनलाइनखबर
२०७९ असोज १६ गते १०:०१

१६ असोज, काठमाडौं । आगामी मंसिर ४ गतेका लागि तय भएको प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा टिकट हात पार्न सहकारी क्षेत्रका अगुवाहरु पनि कस्सिएका छन् । उम्मेदवार सिफारिसमा परेकाहरुले आ–आफ्ना दलमा टिकट हात पार्न लबिइङ तीव्र बनाएका छन् ।

सहकारी अभियन्ताहरु दक्ष पौडेल, सीताराम काफ्ले र इन्दिरा पन्तको नाम प्रतिनिधि सभा निर्वाचनको सम्भावित उम्मेदवारको रुपमा सिफारिसमा परेका छन् । त्यस्तै केदार मानन्धर, जगतलाल महर्जन, मनोज थापामगर, सीबी लामालगायत प्रदेशसभातर्फ सिफारिसमा परेका छन् ।

उपभोक्ता केन्द्रीय सहकारी संघका पूर्वमहासचिव सीताराम काफ्ले नेपाली कांग्रेसबाट काठमाडौं क्षेत्र नम्बर ५ मा प्रतिनिधि सभाका लागि सिफारिसमा परेका छन् । काठमाडौं ५ कांग्रेसकै भागमा परे पनि उनले टिकट पाउने/नपाउने टुंगो छैन । यहाँ कांग्रेसबाट स्वर्णिम वाग्ले बलियो दाबेदार हुन् । वाग्लेले काठमाडौं वा गोरखा जहाँबाट भए पनि चुनाव लड्न तयार रहेको बताउँदै आएका छन् ।

राष्ट्रिय सहकारी विकास बोर्डका पूर्वसहअध्यक्ष एवम् हब कोअपरेटिभका अध्यक्ष दक्ष पौडेललाई नेपाली कांग्रेसले काठमाडौं क्षेत्र नम्बर ७ बाट प्रतिनिधि सभातर्फ सिफारिस गरेको छ । सत्ता गठबन्धनको भागबण्डामा काठमाडौं ७ जसपाको भागमा परेपछि पौडेलले प्रदेश सभाको टिकटका लागि लबिङ जारी राखेका छन् ।

काठमाडौं ७ मा सत्ता गठबन्धनको तर्फबाट जसपाका राजेन्द्र श्रेष्ठ र बाबुराम भट्टराई नेतृत्वको नेसपाबाट मानुषी यमी भट्टराई दाबेदार छन् ।

यसैगरी नेकपा एमालेबाट काठमाडौं क्षेत्र नं ७ का लागि सहकारीकर्मी इन्दिरा पन्त पनि सिफारिसमा परेकी छन् । रोयल बहुउद्देश्यीय सहकारीकी उपाध्यक्षसमेत रहेकी पन्त काठमाडौं महानगरपालिकाको मेयर पदमा पनि सिफारिसमा परेकी थिइन् । उनका श्रीमान बसन्त प्रसाद मानन्धर भने नेकपा एकीकृत समाजवादीबाट बागमती प्रदेशको मन्त्री छन् ।

अर्का सहकारीकर्मी मधुसुधन पाठक (सिते बा) ले पनि स्वतन्त्र रुपमा काठमाडौं क्षेत्र नं ५ मा उम्मेदवार बन्ने घोषणा गरेका छन् ।

राष्ट्रिय सहकारी बैंकका सञ्चालक केदार मानन्धर काठमाडौं क्षेत्र नम्बर ८ (ख) का लागि सिफारिस भएका छन् । सीतापाइला बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्षसमेत रहेका मानन्धर कांग्रेसबाट सिफारिस भएका हुन् ।

तपाईं हाम्रो बहुउद्देश्यीय सहकारी संस्था ललितपुरका अध्यक्ष मनोज थापा मगरलाई माओवादी केन्द्रले काठमाडौं क्षेत्र नं ९ को प्रदेश (ख)बाट सिफारिस गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?