+
+

अर्घाखाँचीमा पोखरीमा डुबेर एक जनाको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०७९ असोज १६ गते १३:३०

१६ असोज,बुटवल । अर्घाखाँचीमा पाखेरीमा डुबेर एक जनाको मृत्यु भएको छ ।

शीतगंगा नगरपालिका ठाडास्थित डमरु दहमा डुबेर शितगंगा-३ का ३७ वर्षीय खिमबहादुर नेपालीको मृत्यु भएको हो ।

आइतबार बिहान करिब ८ बजेतिर दहमा पसेका नेपालीलाई पानीमुनि हिलोमा गडेको अवस्थामा प्रहरीले उद्धार गरेका थिए । उद्धार गर्नासाथ उपचारको लागि प्राथमिक स्वास्थ्य केन्द्र ठाडामा लगिको थियो ।

इलाका प्रहरी कार्यालय ठाडाका प्रहरी निरीक्षक होमनाथ रेग्मीले  खिमबहादुर किन दहमा गएका थिए भन्ने नखुलेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?