+
+

रेडक्रसको महाधिवेशनको वैधानिकता माथि प्रश्न उठ्यो

अनलाइनखबर अनलाइनखबर
२०७९ असोज १७ गते १२:०९

१७ असोज, काठमाडौं । नेपाल रेडक्रस सोसाइटीको विशेष निर्वाचन महाधिवेशनप्रति एक पक्षले आपत्ति जनाएको छ ।

रेडक्रसका पूर्व अध्यक्ष डा नेत्र तिम्सिना पक्षले सुदर्शन नेपालको नेतृत्वले गर्न लागेको विशेष निर्वाचन महाधिवेशनको वैधानिकता माथि प्रश्न उठाएको हो ।  संस्थाले असोज ३१ र कात्तिक १ मा महाधिवेशनको समय तोकेको छ ।

दशैं लगत्तै महाधिवेशन गर्ने गरि कार्यतालिका बनाउनु संस्था कब्जा गर्ने रणनीति भएको तिम्सिना पक्षले आरोप लगाएको छ । ‘दशैंका बिदाका दिन कटाउने हो भने जम्मा ५/६ दिन समय रहने गरी केन्द्रीय निर्वाचनको आह्वान गर्नुको उद्देश्य केही स्थार्व समूहले संस्था कब्जा गर्न हो ।’ तिम्सिनाले निकाले विज्ञप्तिमा भनिएको छ ।

संस्थाले मातहतका संरचनालाई पठाइएको पत्रको सन्दर्भमा समेत प्रश्न उठाइएको छ । संस्थाको महाधिवेशन केन्द्रीय कार्यसमितिले मात्रै आह्वान गर्नसक्ने प्रावधानलाई कुल्चिएको तिम्सिनाले विज्ञप्तिमा उल्लेख गरेका छन् ।

नेपाल रेडक्रस सोसाइटीका विरुद्धमा अदालतमा मुद्दा विचाराधीन रहेकाले जिल्ला प्रशासनले महाधिवेशनको स्वीकृति दिन नहुने तिम्सिना पक्षको तर्क छ ।

निर्वाचन आयोगले निर्वाचन आचारसंहिता लागु गरिसकेको अवस्थामा महाधिवेशन नसकिने तर्क समेत तिम्सिना पक्षको छ ।

तिम्सिना नेतृत्वको तदर्थ समितिले महाधिवेशन गर्न नसकेको जनाउँदै सरकारले निर्वाचन गर्ने कार्यादेशसहित नयाँ समिति बनाएको थियो । तीन महिने अवधि पाएको नेपाल नेतृत्वको कार्यसमितिको अवधि भदौ मसान्तमा सकिइसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?