News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाल रेडक्रस सोसाइटीले सदस्यता वितरण, नवीकरण र केन्द्रको निर्णय कार्यान्वयन नगरेको भन्दै सात प्रदेश र १५ जिल्ला समितिसँग स्पष्टीकरण मागेको छ।
- केन्द्रीय महामन्त्री ऋषि खनालले पत्र लेखेर स्पष्टीकरण सोधेका हुन्।
- स्पष्टीकरण सोधिएका जिल्ला समितिमा सुनसरी, रौतहट, सिन्धुपाल्चोक, चितवन, मकवानपुर, कपिलवस्तु, भोजपुर, सप्तरी, संखुवासभा, रसुवा, बारा, स्याङ्जा, काभ्रेपलाञ्चोक, तनहुँ र पर्सा छन्।
३ भदौ, काठमाडौं । नेपाल रेडक्रस सोसाइटीले सात प्रदेश समिति र १५ जिल्ला समितिसँग स्पष्टीकरण मागेको छ । नेरेसोका केन्द्रीय महामन्त्री ऋषि खनालले पत्र लेखेर स्पष्टीकरण सोधेका हुन् ।
विधानमा भएको व्यवस्था अनुसार सदस्यता वितरण, नवीकरण, अनुगमन मुल्यांकन, केन्द्रको निर्णय कार्यान्वयन लगायतका कार्यहरु नगरेको भन्दै स्पष्टीकरण मागिएको हो ।
स्पष्टीकरण सोधिएका प्रदेश र जिल्ला समितिले रेडक्रसको आधारभूत सिद्धान्त उल्लंघन गरेको नेरेसोले जानकारी गराएको छ ।
सातै प्रदेश समिति सहित स्पष्टीकरण सोधिएका १५ जिल्ला समितिहरुमा सुनसरी, रौतहट, सिन्धुपाल्चोक, चितवन, मकवानपुर, कपिलवस्तु, भोजपुर, सप्तरी, संखुवासभा, रसुवा, बारा, स्याङ्जा, काभ्रेपलाञ्चोक, तनहुँ र पर्सा छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4