+
+
Shares

नेपाल रेडक्रस सोसाइटीमा एकै व्यक्ति ४९ वर्षदेखि जिल्ला नेतृत्वमा

२० देखिदेखि ४९ वर्षसम्म जिल्लाको नेतृत्व गर्नेहरू १० जिल्लामा छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८३ साउन १० गते १२:४३

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाल रेडक्रस सोसाइटीका १० जिल्लामा एउटै व्यक्ति २० देखि ४९ वर्षसम्म निरन्तर जिल्ला सभापति पदमा कायम रहेका छन् ।
  • सिन्धुपाल्चोकका राजेन्द्रमान ताल्चाभोडेल २०३४ सालदेखि निरन्तर सभापति रहँदै संस्थाको इतिहासमा सबैभन्दा लामो समय नेतृत्व गर्ने व्यक्ति बनेका छन् ।
  • केन्द्रीय अध्यक्ष विशाल भण्डारीले संस्थामा पुस्तान्तरण र रूपान्तरण गर्दै लामो समय पद ओगटेर बस्ने प्रवृत्तिको अन्त्य गर्ने प्रतिबद्धता जनाए ।

१० साउन, काठमाडौं । नेपाल रेडक्रस सोसाइटी (नेरेसो) को जिल्ला समितिको नेतृत्वमा एउटै व्यक्ति ४९ वर्षसम्म निरन्तर रहेका छन् ।

२० देखिदेखि ४९ वर्षसम्म जिल्लाको नेतृत्व गर्नेहरू १० जिल्लामा छन् । नेरेसोको इतिहासमा सबैभन्दा बढी जिल्ला सभापति हुनेमा सिन्धुपाल्चोकका राजेन्द्रमान ताल्चाभोडेल छन् ।

२०३४ सालदेखि उनी निरन्तर सिन्धुपाल्चोक रेडक्रसको सभापति छन् । उनीपछि धेरै वर्ष संस्थाको नेतृत्वमा ररिहने संखुवासभाका सभापति सरोजकुमार बज्राचार्य र बाराका राजेन्द्रसिंह खड्का छन् । उनीहरूले २०३८ सालदेखि संस्थाको जिल्ला नेतृत्व छोडेका छैनन् ।

रसुवामा बाबुलाल तामाङले २०४१ सालदेखि, सप्तरीका जोगेन्द्र भगत २०४८ सालदेखि, मुस्ताङका चन्द्रबहादुर थकाली र भोजपुरका तुलबहादुर सुब्बाले २०५० सालदेखि, दार्चुलाका गोपालसिंह महराले २०६२ सालदेखी संस्थाको जिल्ला नेतृत्वमा अरू आउन दिएका छैनन् ।

साथै, सिरहाका राजेन्द्रदेव यादव २०५८ र कपिलवस्तुका केशव सिंह २०५४ सालदेखि रेडक्रसको जिल्ला सभापति छन् । नेरोसोका केन्द्रीय अध्यक्ष विशाल भण्डारीले रेडक्रस सोसाइटीमा पुष्तान्तरण सहित रुपान्तरण गरिने जानकारी गराए । केही दिन अघि संस्थाको नेतृत्व सम्हालेका अध्यक्ष भण्डारीले भने,‘रूपान्तरण र पुस्तान्तरणको मुद्दा नेपाल रेडक्रस सोसाइटीमा व्यापक रुपमा उठेको छ । एकै व्यक्तिले पद ओगटेर बसिरहने प्रवृत्तिको अब अन्त्य गर्छौं ।’

१० वर्षभन्दा बढी समय जिल्ला सभापतिमा निरन्तर रहनेहरूको संख्या ३५ बढी जिल्लाका रहेको नेरेसोले जानकारी गराएको छ ।

२० वर्षबढी समय जिल्ला नेतृत्व गर्नेहरू:

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?