News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाल रेडक्रस सोसाइटीले आफ्ना मातहतका कार्यालय र शाखाहरूलाई संस्थालाई दीर्घकालीन असर पर्ने कुनै पनि नयाँ कार्यहरू नगर्न निर्देशन दिएको छ ।
- महामन्त्री ऋषिरमण खनालद्वारा जारी पत्रमा नियमित सेवा र परियोजना बाहेकका गतिविधिहरू तत्कालका लागि रोक्न अनुरोध गरिएको छ ।
- सरकारद्वारा नियुक्त डा. विशालकुमार भण्डारी नेतृत्वको केन्द्रीय तदर्थ समितिले तोकिएको कार्यादेशबमोजिमका जिम्मेवारीहरू पूरा गर्न आवश्यक प्रक्रिया अगाडि बढाएको छ ।
२७ असार, काठमाडौं । नेपाल रेडक्रस सोसाइटीले मातहतका शाखाहरूलाई दीर्घकालीन असर पर्ने कुनै पनि कार्यहरू नगर्न अनुरोध गरेको छ ।
रेडक्रस सोसाइटीले प्रदेश कार्यालय र जिल्ला शाखाहरूलाई संस्थामा दीर्घकालीन असर पर्ने कुनै पनि कार्यहरू नगर्न अनुरोध गरेको हो ।
‘संस्थामार्फत प्रदान गरिने नियमित सेवाका कार्यहरू र कार्यक्रम/परियोजनासँग सम्बन्धित गतिविधिहरू बाहेक तत्कालका लागि संस्थालाई दीर्घकालीन असर पर्ने अन्य कुनै पनि कार्यहरू नगर्न नगराउनु हुन अनुरोध गर्दछौं,’ महामन्त्री ऋषिरमण खनालद्वारा पठाइएको अनुरोध पत्रमा भनिएको छ ।
सरकारबाट प्राप्त कार्यादेशबमोजिम नवगठित केन्द्रीय तदर्थ समितिले कार्य क्षेत्रगत शर्त (टीओआर) बमोजिमका कार्यहरू समयमा नै सम्पन्न गर्न आवश्यक कार्य गरिरहेको पनि पत्रमा उल्लेख छ ।
मन्त्रिपरिषद्को २६ जेठमा डा. विशालकुमार भण्डारीको अध्यक्षतामा नौ सदस्यीय नेपाल रेडक्रस सोसाइटी केन्द्रीय तदर्थ समिति गठन गर्ने निर्णय गरेको थियो ।

प्रतिक्रिया 4