२१ वैशाख, काठमाडौं । नेपाल रेडक्रस सोसाइटीको निर्वाचन रोक्न जिल्ला प्रशासन कार्यालय काठमाडौंले निर्देशन दिएको छ । रेडक्रसको निर्वाचन आगामी असारमा तोकिएको थियो ।
तर, काठमाडौंका प्रमुख जिल्ला अधिकारी ईश्वरराज पौडेलले सोमबार रेडक्रसका अध्यक्ष विनोदकुमार शर्मालाई सम्बोधन गरेर पत्र पठाउँदै निर्वाचन रोक्न भनेका छन् ।
पत्रमा नेपाल सरकारले २०८२ साउन ९ गतेको निर्णयानुसार शर्मालाई तदर्थ कार्यसमितिको अध्यक्षको जिम्मेवारी दिएर तीन महिनाभित्र नयाँ कार्यसमिति गठनका लागि निर्देशन दिएको बेहोरा उल्लेख गरिएको छ ।
साथै सोमबार रेडक्रस अध्यक्ष शर्मासमेत महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयमा छलफल भएको भनिएको छ ।
यस्तै वर्षौँदेखिको रेडक्रसजस्तो पवित्र संस्थामा भएका अमर्यादित गतिविधिहरु निर्मुल गर्नुपर्ने र नेपाल रेडक्रसको रूपान्तरण तथा पुस्तान्तरणको सुनिश्चितता हुने गरी आश्वस्त पार्नुपर्ने भन्दै तत्काल निर्वाचन रोक्न पत्रमा भनिएको छ ।
यस्तो छ पत्रको बेहोरा :

प्रतिक्रिया 4