+
+
Shares

चुनाव प्रचारप्रसारमा रेडक्रसको चिन्ह प्रयोग नगर्न आग्रह

नेपाल रेडक्रस सोसाइटीले आसन्न प्रतिनिधिसभा सदस्यको निर्वाचनमा प्रचारप्रसारका क्रममा रेडक्रसको चिन्ह प्रयोग नगर्न आग्रह गरेको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८२ माघ १८ गते १६:४२

१८ माघ, काठमाडौँ । नेपाल रेडक्रस सोसाइटीले आसन्न प्रतिनिधिसभा सदस्यको निर्वाचनमा प्रचारप्रसारका क्रममा रेडक्रसको चिन्ह प्रयोग नगर्न आग्रह गरेको छ ।

आज महामन्त्री मीनबहादुर मल्लले विज्ञप्ति जारी गरेर रेडक्रसको चिन्ह जेनेभा महासन्धीअनुसार अन्तर्राष्ट्रिय रूपमा संरक्षित मानवीय सेवाको प्रतीक भएकाले राजनीतिक, धार्मिक वा वैचारिक उद्देश्यका लागि प्रयोग गर्न निषेध गरिएको जानकारी गराएका हुन् ।

‘आगामी फागुन २१ गते हुन गइरहेको प्रतिनिधिसभा सदस्य निर्वाचनको सन्दर्भमा कुनै पनि राजनीतिक दल वा उम्मेदवारको चुनावी प्रचारप्रसारमा समर्थन वा विरोध जनाउने उद्देश्यले रेडक्रसको चिन्ह, नाम, चिन्ह अङ्कित पोसाक वा पहिचान प्रयोग गरिएको गतिविधि देखिएमा यसले रेडक्रस अभियानको निष्पक्षता, तटस्थता, स्वाधीनता र विश्वसनीयतामा गम्भीर असर पार्ने स्पष्ट छ’, विज्ञप्तिमा भनिएको छ ।

विज्ञप्तिमार्फत रेडक्रसका स्वयंसेवक तथा कर्मचारीलाई कुनै पनि चुनावी प्रचारप्रसारमा रेडक्रस चिन्ह अङ्कित सामग्री प्रयोग गरी संलग्न नहुन पनि आग्रह गरिएको छ । यदि कुनै रेडक्रस पदाधिकारी निर्वाचनमा उम्मेदवार भएको भए रेडक्रसबाट अलग भएको घोषणा गर्न पनि आग्रह गरिएको छ ।

रेडक्रसले आफ्ना पदाधिकारी तथा कर्मचारीलाई कुनै पनि राजनीतिक दल, उम्मेदवार वा व्यक्तिको पक्ष वा विपक्षमा समर्थन वा विरोध नगर्न, सामाजिक सञ्जाल, सार्वजनिक कार्यक्रम, प्रदर्शन वा अन्य कुनै माध्यमबाट रेडक्रस अभियानलाई राजनीतिक रूपमा नजोडिन, रेडक्रसको सम्पत्ति, स्थान, कार्यालय कुनैपनि राजनैतिक दलको प्रचारप्रसारलाई सहयोग पुग्ने गरी उपलब्ध नगराउनु पनि अनुरोध गरेको छ । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?