+
+
Shares

नेपाल रेडक्रसले भन्यो- दलमा आबद्ध भए रेडक्रसको संलग्नता त्याग्नुस्

नेपाल रेडक्रस सोसाइटीले सांगठनिक सुधारका लागि भन्दै राजनीतिक दलमा आबद्ध भए रेडक्रसको सदस्यता त्याग्न आह्वान गरेको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८३ असार १५ गते १७:४६

१५ असार, काठमाडौं । नेपाल रेडक्रस सोसाइटीले सांगठनिक सुधारका लागि भन्दै राजनीतिक दलमा आबद्ध भए रेडक्रसको सदस्यता त्याग्न आह्वान गरेको छ ।

नेपाल रेडक्रस सोसाइटीले एक सार्वजनिक अनुरोध जारी गर्दै यस्तो आह्पान गरेको हो ।

नेपाल रेडक्रस विश्व रेडक्रस अभियानको अभिन्न अङ्गको रूपमा रहेको बताउँदै रेडक्रसका सात सिद्धान्त, मूल्य मान्यतामा आधारित एक तटस्थ र निष्पक्ष रूपमा काम गर्ने देशकै ठूलो मानवीय संस्था रहेको बताइएको छ ।

‘नेपाल रेडक्रस सोसाइटीमा राजनीतिक दलहरूको प्रभाव र संलग्नताका कारण समस्याहरू जटिल बनेको भनि बेला बखत विभिन्न सरोकारवालाहरूबाट टिप्पणी भएको अवस्था छ,’ अनुरोधमा भनिएको छ, ‘साथै, रेडक्रस तथा रेडक्रिसेन्ट सोसाइटीहरूको अन्तर्राष्ट्रिय महासङ्घको वैधानिक निकायले प्रतिबन्ध लगाउने सम्मको नीति अख्तियारी गरेको कुरा विदितै छ ।’

यस्तै नेपाल रेडक्रसको विधानमा ‘सक्रिय राजनीतिमा संलग्न भई राजनीतिक सङ्गठन (भातृ सङ्गठनसमेत) को विभिन्न निकायका पदहरूमा रहेका र राजनीतिक दलबाट सबै तहका शासकीय संरचनामा संलग्न भई पदाधिकारी तथा सदस्य पदमा आसीन व्यक्तिहरू नेपाल रेडक्रस सोसाइटीका कुनै पनि तहका समिति, आयोग र उपसमितिहरूमा सदस्य तथा पदाधिकारी रहने छैनन्’ भन्ने व्यवस्था रहेको पनि स्मरण गराइएको छ ।

‘तसर्थ, नेरेसोका कुनै पनि तहका समितिका पदाधिकारी र सदस्यहरू कुनै राजनीतिक दलको भातृ सङ्गठनसमेत) को विभिन्न निकायका पदहरूमा बहाल रहेको भए नेपाल रेडक्रसमा रहेको आफ्नो संलग्नताबाट अलग हुन अनुरोध गर्दछौं,’ सार्वजनिक अनुरोधमा भनिएको छ ।

यस्तै, विधानको यस व्यवस्थाविपरीत दोहोरो भूमिकामा रहेको पाइए विधानअनुसार नै हुने भन्दै चेतावनी दिइएको छ ।

यस्तै, नेपाल रेडक्रसका कुनै पनि तहका समितिका पदाधिकारी र सदस्य कुनै राजनीतिक दलका पदमा रहेको पाइए तथ्यसहित केन्द्रीय कार्यालयमा जानकारी दिन आह्वान गरिएको छ ।

May be an image of the Western Wall and text

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?