+
+
Shares

रक्तदानका लागि नेपाल रेडक्रसको विशेष अनुरोध

अनलाइनखबर अनलाइनखबर
२०८३ कात्तिक ११ गते ७:४७
फाइल तस्वीर

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाल रेडक्रस सोसाइटीले बडादशैंको लामो बिदापछि रगतको मौज्दात सकिएको भन्दै रक्तदानका लागि विशेष अनुरोध गरेको छ।
  • केन्द्रीय रक्तसञ्चार सेवामा रक्तदान कार्यक्रम नहुँदा उपचारार्थ बिरामीका लागि रगतको माग दिनानुदिन बढेको डा. प्रकाश यादवले बताए।
  • रेडक्रसका अध्यक्ष डा. विशालकुमार भण्डारीले स्वयंसेवी रक्तदाता र संघसंस्थालाई रक्तदान कार्यक्रम गर्न आह्वान गरेका छन्।

११ कात्तिक, काठमाडौं । नेपाल रेडक्रस सोसाइटीले रक्तदानका लागि विशेष अनुरोध गरेका छ ।

नेपालीहरूको महान चाड बडादशैंको लामो बिदा भएसँगै केन्द्रीय रक्तसञ्चार सेवामा रक्तदान कार्यक्रमहरू नभएको र अस्पतालमा उपचारार्थ बिरामीका लागि आवश्यक रगतको माग दिनानुदिन उच्च हुँदै गइरहेकोले रक्तदानका लागि रेडक्रसले विशेष अनुरोध गरेको हो ।

नेपाल रेडक्रस सोसाइटी केन्द्रीय रक्तसञ्चार सेवाका प्रमुख डाक्टर प्रकाश यादवका अनुसार रक्तसञ्चार केन्द्रमा रगतको मौज्दात सकिएको छ ।

रक्तदान गरेको तीन महिना पुगेका स्वयंसेवी रक्तदाता तथा १८ वर्ष उमेर पूरा भएका युवायुवतीलाई रक्तदान गर्न डा. यादवले अनुरोध गरेका छन् ।

चाडपर्वका कारण रक्तदान कार्यक्रममा कमी आएकोले रगतको सहज व्यवस्थापनमा कठिनाइ भएको नेपाल रेडक्रस सोसाइटीका अध्यक्ष डाक्टर विशालकुमार भण्डारीले बताए । उनले स्वयंसेवी रक्तदाता तथा संघसंस्थाहरूलाई रक्तदान कार्यक्रम गर्न आह्वान गरेका छन् ।

नेपाल रेडक्रस सोसाइटीले ७३ जिल्लाका १२० स्थानबाट रक्त सञ्चार सेवा केन्द्र तथा एकाइहरूमार्फत सेवा सञ्चालन गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?