
१७ असोज, काठमाडौं । यस वर्षको मेडिसिन विधा तर्फको नोबेल पुरस्कार स्वीडेनका वैज्ञानिक स्वान्टी पाबोलाई प्रदान गरिने भएको छ ।
नोबेल पुरस्कार दिने संस्थाले सोमबार ट्वीट गर्दै मानव जातिको विलप्त, तर मानव जाति निकट पूर्वज प्रजाति नियनडर्थलहरको अनुवंशीक कोड पत्ता लगाएका पाबोलाई पुरस्कृत गर्न लागिएको हो ।
नोबेल कमिटीले भनेको छ, ‘अहिले जीवित मानव र लुप्त भइसकेको होमिनिनहरूबीचको भिन्नता देखाउने आनुवंशिक फरक हाम्रा अगाडि राखिदिएर उहाँको अनुसन्धान हामी मानव विशिष्ट कसरी छौँ भन्ने पत्ता लगाउने आधार बनेको छ ।’
नीयनडर्थल डीएनए र संसारभरि रहेका मानवको डीएनएबीच गरिएको तुलनापछि उनीहरूको डीएनए युरोप र एसियाका मानिसहरूको डीएनएसँग मिल्दोजुल्दो पाइएको छ ।
यसले होमो स्यापियन्सले ७० हजार वर्ष अगाडि अफ्रिकाबाट बसाइँ सरेपछि होमो स्यापियन्ससँग यौनसम्पर्क राखेर बच्चा जन्माएका थिए भन्ने बताउँछ ।
प्रतिक्रिया 4