+
+

फिल्म ‘म राजेश हमाल’ चैत १० मा प्रदर्शन हुने

अनलाइनखबर अनलाइनखबर
२०७९ असोज १८ गते १५:३२

काठमाडौँ । प्रदर्शनको पर्खाइमा रहेका फिल्म ‘म राजेश हमाल’को फस्टलुक पोस्टर सार्वजनिक भएको छ ।

निर्माता केदार भुसालले जन्मदिन छेकोमा फिल्मको प्रदर्शन मिति समेत घोषणा गरेका छन् । आगामी चैत १० गतेदेखि फिल्म देशभर प्रदर्शनमा आउने भएको छ ।

पोस्टरले फिल्मको कथावस्तुको थिम झल्काएको छ । नेपाली फिल्मका सुपरस्टार राजेश हमाल बन्न चाहने मुख्य चरित्रको सपना वरपर फिल्म घुमेको छ । पोस्टरमा गुडिरहेको ट्रकको पछाडि एक किशोरी कुदिरहेको देख्न सकिन्छ ।

राजेश हमाल बन्ने सपना पालेकी ती किशोरीको चाहना पोस्टरमा छ । स्केच डिजाइनमा तयार पारिएको पोस्टरमा लेखिएको छ, ‘राजेश हमाल सुपरस्टार मात्र हैनन बरु एक भावना हुन् ।’

निर्माता भुषालले हमालको जीवनमा फिल्म आधारित नरहेको बताए । जोन योञ्जन निर्देशित फिल्ममा सञ्चिता लुँइटेल, मुकुन भुसाल, महेश त्रिपाठी, एवानराज उप्रेती, संजोग रसाइली र अस्मिता लामिछानेको मुख्य भुमिका छ । आर्यन सिग्देल विशेष भूमिकामा देखिने छन् भने राजेश हमालको आवाजले कथा बोकेको छ ।

कथाकार जोन योञ्जन हुन भने पटकथा सायदले लेखेका हुन् । आलोक शुक्लाको छायांकन, भीम विश्वकर्माको सम्पादन, मणिरत्न त्रिपाठीको साउण्ड डिजाइन रहेको फिल्मको स्क्रिप्ट डक्टर भने केशव पाण्डे हुन ।

किरण कुमार महर्जन सह-निर्माता रहेको फिल्ममा जिवलाल भुसाल, नविन भुसाल र श्रृषा भुसाल भने कार्यकारी निर्माता हुन् । बड पिक्चर, जोय पपया, ट्राइडेन्ट कन्सेप्ट र फोपिको ब्यानरमा बनेको फिल्म फिल्कर आर्ट्सले निर्माण गरेको हो ।

निर्माता भुसालले यसअघि प्रदर्शनको लागि घोषणा गरेको उनको पहिलो फिल्म ‘कौसिद’को प्रदर्शन मिति कोजाग्रत पुर्णिमाको दिन सार्वजनिक गर्ने जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?