+
+
WC Series
जनकपुर बोल्ट्स 2025
130/9 (20)
VS
Pokhara Avengers won by 25 runs
Won पोखरा एभेन्जर्स 2025
155/6 (20)
Shares

पालिकाको बजेट पास नहुँदा कर्मचारी तथा शिक्षकले तलब पाएनन्

अनलाइनखबर अनलाइनखबर
२०७९ असोज १८ गते २०:१०

१८ असोज, काठमाडौं । सर्लाहीको हरिपूर्वा नगरपालिका र विष्णु गाउँपालिकाको बजेट पारित नहुँदा कर्मचारी र शिक्षकले साउनदेखि तलब पाएका छैनन् ।

नगरसभाको बैठक समयमा बस्न नसक्दा बजेट पास हुन नसकेको हरिपूर्वाका मेयर विनोदकुमार शाह बताउँछन् । भर्खरै नगरसभाको बैठकले बजेट पास गरेकाले प्रकृया पुरा गरेर तिहार अगाडि तलब दिने उनको दाबी छ । भन्छन्, उनले भने ‘बहुमत नपुगेर समयमा नगरसभाको बैठक बस्न सकेन । बल्ल नगरसभा बसेर बजेट पास गरेका छौं । तिहार अगाडि प्रकृया पुरा गरेर दिन्छौं ।’

विष्णु गाउँपालिकाको पनि अहिलेसम्म गाउँसभा नभएकाले बजेट पास हुन सकेको छैन । जसका कारण शिक्षक कर्मचारी तथा वृद्धवृद्धा, एकल महिला, अपाङ्ग लगायतको सामाजिक सुरक्षा भत्ता पाउन सकेका छैनन् । गाउँपालिका प्रमुख जवाहरलाल यादव भने चारचार महिनामा तलब तथा सामाजिक सुरक्षा भत्ता दिन ढिलाई नभएको जिकिर गरे ।

‘हामीले विभिन्न कारणले गाउँसभाको बैठक बस्न सकेका छैनौं, तर अब दशैं लगत्तै बस्ने तयारी छ’ उनले भने, ‘हाम्रो चौमासिक तलब दिन्छौं ।’ दशैं लगत्तै गाउँसभाको बैठक बसेर शिक्षक, कर्मचारीको तलबका साथै सामाजिक सुरक्षा भत्ता दिने उनको दाबी छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?