+
+

राप्रपामा जनतान्त्रिक तराई मुक्ति मोर्चा समाहित

अनलाइनखबर अनलाइनखबर
२०७९ असोज १९ गते ९:०९

१९ असोज, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)मा जनतान्त्रिक तराई मुक्ति मोर्चा समाहित भएको छ । विभिन्न ९ बुँदे सहमति गरी डा. मनोज कुमार झा नेतृत्वमा रहेको मोर्चा राप्रपामा समाहित भएको हो ।

मोर्चासँगको सहमति पत्रमा राप्रपाको तर्फबाट वरिष्ठ उपाध्यक्ष बुद्धिमान तामाङले हस्ताक्षर गरेका छन् ।

राप्रपा केन्द्रीय कार्यालयमा आयोजित हस्ताक्षर कार्यक्रममा उपाध्यक्ष तामाङसँगै कोषाध्यक्ष निलकण्ठ काफ्ले, केन्द्रीय सदस्य राम नारायण साह (सुनिल) सहभागी थिए ।

यसैगरी मोर्चाका तर्फबाट अध्यक्ष डा. झा, मोर्चाका केन्द्रीय सचिवालय सदस्य श्रीमती नगीना कुमारी झा, केन्द्रीय सदस्य बुलन यादव, दया शंकर राउत (सानु जी), बिना मण्डल, दीपक कुमार सिंह लगायतको उपस्थिति थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?