+
+

वर्षाले विद्युतीय संरचनामा क्षति, ठाउँ–ठाउँको विद्युत् आपूर्ति अवरुद्ध

अनलाइनखबर अनलाइनखबर
२०७९ असोज २१ गते १८:२३

२१ असोज, काठमाडौं । अविरल वर्षा, हावाहुरी, बाढीपहिरो र चट्याङका कारण देशका विभिन्न स्थानमाविद्युतीय संरचनामा ठूलो क्षति पुगेको छ । विद्युतीय संरचनामा क्षति पुग्दा विभिन्न ठाउँको विद्युत आपूर्ति अवरुद्ध भएको छ ।

मुख्य रुपमा लुम्बिनी प्रदेशअन्तर्गतका रुपन्देही, अर्घाखाँची, पाल्पा, दाङ लगायतका जिल्लामा विद्युत प्रसारण लाइन, वितरण लाइनतर्फकापोल, ट्रान्सफर्मरलगायतका संरचनामा क्षति पुगेको छ ।

दाङको लमही–घोराही १३२ केभी प्रसारण लाइनअन्तर्गत बेलडाँगी भन्ने स्थानमा पहिरोले टावर ढालेको आशंका गरिएको छ । प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले १३२ केभी प्रसारण लाइनको टावर ढलेको खबर आएको तर, पहिरोका कारण उक्त स्थानमा पुग्न नसकिएकोले यकिन हुन नसकिरहेको बताए ।

प्रसारण लाइनमा क्षति पुगेपछि त्यस क्षेत्रको विद्युत आपूर्ति अवरोध भएको र अहिले वैकल्पिक व्यवस्था गरी घरायसी ग्राहकलाई विद्युत दिइएको कार्यकारी निर्देशक घिसिङले बताए ।

प्राधिकरणले हापुरे सबस्टेसनबाट ३३ केभी प्रसारण लाइनबाट लमही, घोराहीलगायतका क्षेत्रका घरायसी ग्राहकलाई विद्युत आपूर्ति दिएको छ । त्यस क्षेत्रमा धेरै विद्युत खपत गर्ने सिमेन्ट उद्योगहरु सञ्चालित छन् ।

प्राधिकरणले लमही–घोराही १३२ केभी प्रसारण लाइनको टावर नै ढलेको अवस्थामा आपत्कालीन पुनस्र्थापना प्रणाली (ईआरएस) अन्तर्गत रहेको टावर जडान गरी विद्युत आपूर्तिको योजना बनाएको घिसिङले उल्लेख गरे ।

‘वर्षाले प्रसारण तथा वितरण प्रणालीमा क्षति पुर्याएको छ, चाडपर्वको वेला पनि हाम्रा कर्मचारीहरुलाई काममा खटाएर तत्काल मर्मत सम्भार तथा वैकल्पिक व्यवस्था गरी ग्राहकलाई विद्युत आपूर्ति दिइरहेका छौं,’घिसिङले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?