+
+

एमाले–जसपा सहमति, प्रतिनिधि सभाका १७ सिट जसपालाई

अनलाइनखबर अनलाइनखबर
२०७९ असोज २२ गते १७:२९

२२ असोज, काठमाडौं । नेकपा एमाले र जनता समाजवादी पार्टी (जसपा)बीच १४ जिल्लामा चुनावी तालमेलको सहमति भएको छ । मधेस प्रदेशका ८ जिल्ला, प्रदेश १ को मोरङ र सुनसरी तथा लुम्बिनी प्रदेशको नवलपरासी पश्चिम, रुपन्देही र कपिलवस्तु तथा सुदूरपश्चिमको कैलालीमा तालमेलको सहमति भएको हो ।

यसअनुसार यी जिल्लामा प्रतिनिधिसभाका ३५ सिट एमालेले लिनेछ भने जसपाले १७ सिट लिने भएको छ । प्रतिनिधिसभाको ५ क्षेत्र भने कुन दलले लिने टुंगिएको छैन । धनुषा २, महोत्तरी २, रौतहट १, बारा ३ र रुपन्देही ५ दुबै दलको भागमा परेको छैन । एक नेताका अनुसार यस क्षेत्रमा मित्रबत प्रतिस्पर्धा हुनेछ ।

प्रदेशसभातर्फ एमालेले ७० सिट पाउने छ भने जसपाले ४२ सिट लिएको छ ।

एमाले अध्यक्ष केपी शर्मा ओली र जसपा अध्यक्ष उपेन्द्र यादवले हस्ताक्षर गरेको सहमति पत्रमा भनिएको छ, ‘तालमेल भएका उपरोक्त निर्वाचन क्षेत्रहरु बाहेक अन्य निर्वाचन क्षेत्रहरुमा दुबै पार्टीले उम्मेदवार दिन सक्ने र यो सहकार्य निर्वाचनपछि पनि निरन्तर रहने सहमति गरियो ।’

जिल्ला

 

एमाले  जसपा
प्रतिनिधिसभा प्रदेशसभा प्रतिनिधिसभा प्रदेशसभा
मोरङ १,२,३,४ र ६ १(क), १(ख), २(क), २(ख), ३(क), ३(ख), ४(क), ४(ख), ५(क) र ५ (ख) ४(ख), ५(ख), ६(ख)
सुनसरी २,३ र ४ १ (क), १(ख), २(क), २(ख), ३(क), ३(ख) र ४(ख) ४(क)
सप्तरी १(क), ३(क) र ४(ख) १, २ र ४ १(ख), २(क), २(ख), ३(ख) र ४ (ख)
सिरहा १ र ३ १(क), २(ख), ३(क) र ४ (क) २ र ४ १(ख), २(क), ३(ख) र ४(ख)
धनुषा ३ र ४ १(क), ३(ख) र ४ (ख) १(क), ३ (ख) र ४ (क)
महोत्तरी १(क), २(ख), ३(ख) र ४ (क) ३ र ४ १(क), २(क), ३(ख) र ४ (ख)
सर्लाही २ र ३ १(ख), २(क), ३(क) र ४ (क) १ र ४ १(क), २(ख), ३(ख) र ४(ख)
रौतहट ३ र ४ १(क), २(क), ३(ख) र ४ (क) १(क), २(ख), ३(क) र ४ (ख)
बारा १ र ४ १(क), २(क), ३(क) र ४(क) १(ख), २(ख), ३(ख) र ४ (ख)
पर्सा ३ र ४ १(क), २(ख), ३(क) र ४ (क) १ र २ १(ख), २(क), ३(ख) र ४ (ख)
नवलपरासी पश्चिम १ र २ १(क), १(ख) र २ (क)   २(ख)
रुपन्देही १,२ र ३ १(क), १(ख), २(क), २(ख), ३(ख), ४(क), ५(क) र ५(ख) ३(क) र ४ (ख)
कपिलवस्तु १,२ र ३ १(क), २(क), २(ख), ३(क)   १(ख) र ३ (ख)
कैलाली १,२,३,४ र ५ १(क), २(क), २(ख), ३(क), ३(ख), ४(क), ४(ख), ५ (क) र ५ (ख)   १(ख)

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?