+
+

मिनेन्द्रलाई पन्छाउँदै सुजाताले पाइन् टिकट

हरि अधिकारी हरि अधिकारी
२०७९ असोज २३ गते ७:३४

२३ असोज, विराटनगर । नेपाली कांग्रेसकी नेतृ सुजाता कोइरालाले मोरङ क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यको टिकट पाएकी छन् ।

सो क्षेत्रमा डाक्टर मिनेन्द्र रिजाल र कोइराला टिकटको दाबेदार थिए । कांग्रेस क्षेत्रीय समितिले सो क्षेत्रबाट कोइराला र रिजालको नाम सिफारिस गरेको थियो । दुबैले दाबी नछाडेपछि उम्मेदवार टुंगो लगाउन कांग्रेसलाई सकस परेको थियो ।

शनिबार राति पार्टीले कोइरालालाई उम्मेदवार बनाउने निर्णय गरेको हो । नेपाली कांग्रेस मोरङ सचिव मोदराज घिमिरेले कोइरालाले प्रतिनिधिसभा सदस्यको टिकट पाइसकेको बताए । २०७४ सालमा डाक्टर रिजालले एमाले उम्मेदवार ऋषिकेष पोखरेललाई पराजित गरेका थिए । मंसिर ४ गते हुने निर्वाचनमा पनि एमालेले पोखरेललाई नै उम्मेदवार बनाएको छ ।

मोरङ क्षेत्र नम्बर ३ मा कांग्रेसले डाक्टर सुनील शर्मालाई टिकट दिएको छ । शर्मा क्षेत्रबाट एकल सिफारिसमा परेका थिए ।

गठबन्धन गर्दा भागमा परेको मोरङ क्षेत्र नम्बर १ बाट डिकबहादुर लिम्बु, २ मा सुजाता कोइराला, ३ मा डाक्टर सुनील शर्मा र क्षेत्र नम्बर ६ बाट डाक्टर शेखर कोइरालाले टिकट पाएका छन् ।

मोरङको क्षेत्र नम्बर ४ मा माओवादी केन्द्रले अमनलाल मोदी र ५ मा शिवकुमार मण्डललाई टिकट दिएको छ ।

लेखकको बारेमा
हरि अधिकारी

अधिकारी अनलाइनखबरका विराटनगरस्थित संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?