+
+
Shares

उम्मेदवारी दर्ता गर्दै गोविन्दराज जोशीले भने : गठबन्धनको राजनीति अप्रजातान्त्रिक छ

अनलाइनखबर अनलाइनखबर
२०७९ असोज २३ गते १४:३१

२३ असोज, काठमाडौं । नेपाली कांग्रेसका पूर्वसहमहामन्त्री गोविन्दराज जोशीले तनहुँ–१ बाट स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन् । उम्मेदवारी दर्तापछि पत्रकारहरुसँग कुरा गर्दै उनले राष्ट्रिय राजनीतिमा तनहुँको भूमिका प्रभावशाली बनाउन आफू निर्वाचित हुनुपर्ने बताए ।

‘राष्ट्रिय राजनीतिमा तनहुँको कुनै भूमिका रहेन । नेताहरु टिकट लिन आफू भन्दा माथिको नेताको चाकडी गर्ने प्रवृत्ति देखियो’ उनले भने, ‘यो प्रवृत्तिले जिल्लाको प्रजातान्त्रिक आन्दोलनमा योगदान गर्नेहरुको अवस्था दयनीय भएको छ ।’

आफू २० वर्षअघि सांसद हुँदा जिल्लामा सुरु भएका योजना अझै अलपत्र रहेको भन्दै उनले त्यसलाई पूरा गर्न पनि उम्मेदवारी दिनुपरेको बताए ।

‘म २० वर्षदेखि पार्टी र सरकारको कुनै जिम्मेवारीमा छैन । त्यो भन्दा अघि तनहुँ जिल्लामा धेरै वर्ष मन्त्री सांसद भएँ । मैले सुरु गरेका योजना बिसौं वर्षसम्म जस्ताको तस्तै रहे’ नेता जोशीले भने, ‘नेतृत्वमा रहनेहरुले तनहुँमा देखिने गरी कुनै काम गर्न सकेनन् ।’

उनले आफ्नो उम्मेदवारी गठबन्धनको राजनीति विरुद्ध रहेको पनि बताए । गठबन्धनको राजनीतिले व्यक्तिको अधिकार हनन गर्ने भन्दै उनले यसलाई अप्रजातान्त्रिक भनेका छन् ।

१६५
प्रत्यक्ष सिट
पार्टीहरू प्रत्यक्ष सिट
0 Seat
0 Seat
समानुपातिक कुल सिट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?