+
+

धनकुटाबाट प्रतिनिधि सभामा ८ जनाले गरे उम्मेदवारी दर्ता

अनलाइनखबर अनलाइनखबर
२०७९ असोज २३ गते १९:१७

२३ असोज, काठमाडौं । मंसिर ४ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि धनकुटामा ८ जनाले उम्मेदवारी दर्ता गरेका छन् । प्रतिनिधिसभामा ८ जनाले उम्मेदवारी दर्ता गराएका जिल्ला निर्वाचन कार्यालयका सुचना अधिकारी सुरज श्रेष्ठले जानकारी दिए ।

धनकुटामा प्रतिनिधि सभामा सत्ता गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका सुनिलबहादुर थापा, प्रमुख प्रतिपक्षी दल नेकपा एमालेबाट राजेन्द्र राईबीच मुख्य प्रतिस्पर्धा हुने छ ।

प्रतिनिधि सभामा नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री सुनिलबहादुर थापा, प्रदेशसभा क मा नेकपा एकीकृत समाजवादीका जिल्ला अध्यक्ष अर्जुन राई र प्रदेशसभा ख मा नेकपा माओवादी केन्द्रकी प्रदेश सदस्य कुशुमकुमारी श्रेष्ठले उम्मेदवारी दिएका छन् ।

यस्तै नेकपा एमालेले प्रतिनिधिसभाका लागि राजेन्द्र राईलाई उम्मेदवार बनाइएको छ। उनी एमाले केन्द्रिय सदस्य तथा धनकुटा इञ्चार्ज हुन् । यस्तै प्रदेश सभाअन्तर्गत क्षेत्र नं. क बाट निरन राई र क्षेत्र नं. ख बाट इन्द्रमणि पराजुलीलाई उम्मेदवार बनाएको छ । राई एमाले धनकुटाका सचिव तथा पराजुली एमाले धनकुटा अध्यक्ष हुन् ।

यस्तै माओवादी केन्द्रबाट विद्रोह गरेका हेमराज भण्डारीले प्रतिनिधि सभामा स्वतन्त्र उम्मेदवार दर्ता गराएका छन् ।

माओवादी केन्द्रको पोलिटव्युरो सदस्यबाट राजीनामा दिएर उनले केही दिन अगाडि स्वतन्त्र उम्मेदवार घोषणा गरेका थिए ।

त्यस्तै राप्रपाले प्रतिनिधि सभामा कुमारबहादुर थापा, .प्रदेशसभा ख मा श्यामबहादुर गुरुङलाई उम्मेदवार बनाएको छ ।

राप्रपा नेपालका आमुल राई प्रतिनिधि सभा उम्मेदवार बनेका छन् भने प्रदेशसभा ख मा सोमबहादुर घिसिङले मनोनयन दर्ता गरेका छन् । प्रतिनिधि सभामा गंगाराम गोम्देनले स्वतन्त्र उम्मेदवार दर्ता गराएका छन् ।

यस्तै जनता समाजवादी पार्टीले प्रदेशसभा क मा पूर्वमन्त्री तथा पार्टीका केन्द्रिय कार्यकारी सदस्य रकम चेम्जोङ र प्रदेशसभा ख मा पार्टीका जिल्ला सहसचिव डम्बर कटुवाललाई उम्मेदवार बनाएको छ ।

मंगोल नेशनल अर्गनाइजेशन पार्टीले प्रदेशसभा ख मा विष्णुविक्रम राईलाई उम्मेदवार बनाएको छ ।

प्रदेशसभा ख मा जितेन्द्र राई र बालानन्द दाहालले स्वतन्त्र उम्मेदवारी दिएका छन् । एकीकृत शक्ति नेपाल पार्टीबाट प्रतिनिधि सभामा आमुल राईले उम्मेदवारी दर्ता गराएका छन् भने मंगोल नेशनल पार्टीका विश्वमित्र लावतीले उम्मेदवारी दर्ता गराएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?