+
+

स्वार्थ समूहका कारण राष्ट्रियसभामा पुगेर विधेयक रोकियो : मन्त्री कोइराला

अनलाइनखबर अनलाइनखबर
२०७९ असोज २३ गते २०:२२
फाइल तस्वीर

काठमाडौं । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री गोविन्दप्रसाद शर्मा (कोइराला)ले अवैध सम्पत्तिलाई वैध बनाउने क्रियाकलाप रोक्न आफूले ल्याएको विधेयक स्वार्थ समूहका कारण राष्ट्रियसभामा पुगेर अघि बढ्न नसकेको बताएका छन् ।

आइतबार आफ्नो कार्यकालमा गरेका कामबारे जानकारी गराउन सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमा उनले आफूले ल्याउन खोजेको उक्त विधेयक रोकिएको विषयमा प्रष्टीकरण दिएका हुन् । नेपालमा हुने वित्तीय अपराधलाई नियन्त्रण गर्न ल्याइएको विधेयक राष्ट्रियसभामा पुगेपछि स्वार्थ समूहको सिकार भएको दाबी गरे ।

‘नेपाल अहिले पनि कालो पैसालाई सेतो बनाउन सक्ने अवस्थामा रहेको मुलुकमा पर्छ । मनी लाउन्ड्रिङ सम्बन्धी हामीसँग स्ट्रङ लिगल फ्रेमवर्क नहुँदा यो अवस्था आएको हो,’ मन्त्री कोइरालाले भने, ‘हामीले क्याबिनेटबाट विधेयक पारित गर्‍यौं । प्रतिनिधिसभामा लग्यौं र त्यहाँबाट पास पनि भयो । राष्ट्रियसभामा गएर यो समितिमा गएर अड्किएको छ । नेपालमा हुने वित्तीय अपराधलाई नियन्त्रण नगर्ने हो भने हाम्रो एटीएम कार्ड समेत नचल्ने अवस्था आउन सक्छ ।’

मन्त्री कोइरालाले न्यायालय सुधारको काम भने आफूले प्रशस्त गरेको दाबी गरे । न्यायालय सुधारमा बाधाको रुपमा रहेको न्यायाधीश नियुक्तिको कामलाई निर्देशिका बनाएर आफूले न्यायालय सुधारका ठूलो काम गरेको उनको भनाइ छ ।

गैरसांसद मन्त्री कोइरालाको ६ महिने कार्यकाल सकिंदैछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?