+
+

सुनको भाउ ८०० रुपैयाँले घट्यो 

आइतबार एकैदिन तोलामा तीन हजार रुपैयाँले बढेको सुनको मूल्य सोमबार भने घटेको छ ।

अनलाइनखबर अनलाइनखबर
२०७९ असोज २४ गते १२:१०

२४ असोज, काठमाडौं । आइतबार एकैदिन तोलामा तीन हजार रुपैयाँले बढेको सुनको मूल्य सोमबार भने घटेको छ । सोमबार सुनको मूल्य तोलामा ८०० रुपैयाले घटेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।

सोमबार छापावाल सुनको प्रतितोला ९५ हजार २०० रुपैयाँ र तेजावी सुन प्रतितोला ९४ हजार ७०० सय रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । यस्तै चाँदीको मूल्य पनि २५ रुपैयाँले घटेर १२ सय ३० रुपैयाँ कायम भएको छ ।

दशैं बिदाका कारण सुन चाँदीको अन्तर्राष्ट्रिय मूल्य समायोज भइरहेपनि नेपालमा भने रोकिएको थियो । जसले गर्दा आइतबार एकैदिन उच्च दरमा मूल्य बढेको थियो । दशैं बिदा सुरु हुनु अघिको अन्तिम दिन १४ असोजमा ९३ हजार रुपैयाँमा छापावाल सुन र ११ सय ७० रुपैयाँमा चाँदीको कारोबार भएको थियो । तर, २३ असोजमा बढेर छापावाल सुनको मूल्य प्रतितोला ९६ हजार र चाँदीको मूल्य १ हजार २५५ रुपैयाँ पुगेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?