+
+

युक्रेनको राजधानीमा रुसको मिसाइल हमला, नागरिकलाई बंकरमा बस्न जेलेन्स्कीको अपिल

अनलाइनखबर अनलाइनखबर
२०७९ असोज २४ गते १६:१२

२४ असोज, काठमाडौं । रुसले बिहानैदेखि युक्रेनको राजधानी किभमा कैयौँ हवाई आक्रमण गरेको छ । किभ बाहेक युक्रेनका अन्य धेरै सहरहरू पनि आक्रमणको चपेटामा परेका बीबीसीले जनाएको छ ।

युक्रेनका सेना प्रमुखले रुसले बिहानैदेखि ७५ वटा मिसाइल प्रहार गरेको दाबी गरेका छन् । जनरल भ्यालेरी जालुज्नीले ट्वीट गर्दै ७५ मध्ये ४१ क्षेप्यास्त्रलाई वायु रक्षा प्रणालीमार्फत निष्क्रिय पारिएको बताए पनि यसको स्वतन्त्रपूर्वक पुष्टि भइनसकेको बीबीसीले जनाएको छ ।
उक्त हमलामा परी ८ जनाको मृत्यु भएको छ भने २४ जना घाइते भएका छन् । रुसले किभका महत्वपूर्ण भवनहरूलाई निशाना बनाएको किभका मेयरले दाबी गरेका छन् ।

युक्रेनका एक मन्त्रीले सामाजिक सञ्जालमा आक्रमणमा परी ६ वटा कारमा आगो लागेको र अन्य १५ सवारी साधनमा क्षति पुगेको जानकारी दिएका छन् । गएरातिदेखि रुसले युक्रेनको दक्षिणी क्षेत्रलाई आक्रमणको निशाना बनाइरहेको छ ।

आक्रमणपछि युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले टेलिग्राम पोस्टमा लेखेका छन्, ‘रुसले हामीलाई नष्ट गर्न चाहन्छ, हामीलाई पृथ्वीबाट मेटाउन चाहन्छ। युक्रेनभरि यसको घन्टी बजिरहेको छ ।’

किभलगायत अन्य सहरमा भएका आक्रमणमा जनधनको क्षति भएकोले उनले आफ्ना नागरिकलाई बंकरमा बस्न अपिल गरेका छन् ।

युक्रेनका रक्षामन्त्री ओलेक्सी रेज्निकोभले दुश्मन मिसाइलले राजधानीमा प्रहार गरे पनि युक्रेनको साहस तोड्न नसक्ने बताएका छन् । रुसले युक्रेनमा भएको आक्रमणबारे अहिलेसम्म कुनै आधिकारिक जानकारी दिएको छैन ।

यसैबीच रुसी हमलामा पनि किभको एक प्रसिद्ध पुल ध्वस्त भएको छ । रुसी मिसाइल आक्रमणमा किभमा रहेको पैदल यात्रु हिड्ने पुल नराम्ररी क्षतिग्रस्त भएको छ । मानिसहरूले साइकल चलाउनको लागि उक्त पुल प्रयोग गर्थे जुन सन् २०१९ मा निर्माण गरिएको हो ।

नीपर नदीको किनारमा बनेको यो पुल पर्यटकका लागि ठूलो आकर्षणको केन्द्र बनेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?