+
+

५६ करोड रुपैयाँ मुद्दती निक्षेपमा राख्दै राष्ट्र बैंक

बैंकिङ प्रणालीमा लगानीयोग्य स्रोतको चरम अभाव भएको बेला नेपाल राष्ट्र बैंकले ५६ करोड रुपैयाँ मुद्दती निक्षेपमा राख्ने भएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०७९ असोज २५ गते १२:३२

२५ असोज, काठमाडौं । बैंकिङ प्रणालीमा लगानीयोग्य स्रोतको चरम अभाव भएको बेला नेपाल राष्ट्र बैंकले ५६ करोड रुपैयाँ मुद्दती निक्षेपमा राख्ने भएको छ । नेपाल राष्ट्र बैंक उत्पादन तथा पेन्सन कोषको रकम मुद्दती निक्षेपमा राख्नका लागि बैंकहरुलाई प्रस्ताव आह्वान गरेको छ ।

कुल ५६ करोड मध्ये ४४ करोड ८० लाख रुपैयाँ निक्षेप वाणिज्य बैंकहरुमा राख्ने राष्ट्र बैंकले जनाएको छ । त्यस्तै ८ करोड ४० लाख रुपैयाँ विकास बैंक र २ करोड ८० लाख रुपैयाँ वित्त कम्पनीमा राख्ने केन्द्रीय बैंकले जनाएको छ । उक्त निक्षेप लिन चाहाने बैंक तथा वित्तीय संस्थाले राष्ट्र बैंकले तोकेको फारममा लिन चाहेको रकम र प्रस्ताव गरिएको ब्याजदर समेत खुलाएर पेश गर्न भनेको छ ।

कुल ३६७ दिनका लागि उक्त रकम मुद्दती निक्षेपमा राखिने केन्द्रीय बैंकले जनाएको छ । २७ असोज बिहान १० बजेदेखि राति १२ बजेसम्म निक्षेपका लागि आवेदन दिन सक्ने राष्ट्र बैंकले प्रकाशित गरेको सूचनामा उल्लेख छ।

न्यूनतम पूँजीकोष कामय गरेका, निष्क्रिय कर्जा ५ प्रतिशत भन्दा कम भएको, सञ्चालनमा आएको दुई वर्ष नाघेको संस्थाले निक्षेपका लागि आवेदन दिने सक्नेछन् । निक्षेपमा आवेदन दिनका लागि सञ्चालन मुनाफामा भएको, सीडी रेसिया राष्ट्र बैंकले तोकेअनुसार कायम गरेको हुनुपर्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?