+
+

अखिल क्रान्तिकारीको असन्तुष्ट समूहलाई प्रचण्डले दिए सम्मेलनको आश्वासन

अनलाइनखबर अनलाइनखबर
२०७९ असोज २५ गते १३:३६

२५ असोज, काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीको विद्यार्थी संगठन अखिल क्रान्तिकारीको असन्तुष्ट समूहलाई चुनावपछि सम्मेलन गर्ने आश्वासन दिएका छन् ।

असन्तुष्ट समूहमा नेता पवन कार्की लगायतलाई प्रचण्डले मंगलबार आफ्नो निवासमा बोलाएर छलफल गरेका थिए । कार्की समूहले अखिल क्रान्तिकारीमा समानान्तर गतिविधि गर्दै आएको छ । उसले तत्काल राष्ट्रिय सम्मेलन गर्न माग गरिरहेको छ ।

‘विवादका बारेमा चुनावपछि सम्मेलनमा जाने हो, अहिले चुनाव केन्द्रित कार्यक्रम बनाएर जानुहोस् भन्नुभयो’, प्रचण्डसँगको भेटबारे कार्कीले भने ।

प्रचण्डले संगठन विस्तार, परिचालन लगायतका चुनाव केन्द्रित कार्यक्रम बनाएर जाने निर्देशन दिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?