+
+

कपिलवस्तुमा सुरु भयो विप्लवको पार्टीको महाधिवेशन

अनलाइनखबर अनलाइनखबर
२०७९ असोज २५ गते २०:३८

२५ असोज, काठमाडौं । सामान्यतया राजनीतिक पार्टीहरुका महाधिवेशन ठूलो तामझाम र प्रचारका साथ हुने गर्छन् । त्यसमा तर देश प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनको माहोलमा रहेका बेला नेक्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीको ९ औं महाधिवेशन भने कपिलवस्तुमा कुनै सार्वजनिक चर्चाविनै सुरु भएको छ ।

यसअघि सानो कार्यक्रम गर्दा पनि ठूलै प्रचार–प्रसारसहित गर्ने गरेको विप्लव नेतृत्वको महाधिवेशनले धेरै ध्यानाकर्षण समेत गराउन सकेको देखिएन । यसअघि काठमाडौंमा आयोजना घोषणा गरिएको महाधिवेशन कपिलवस्तुमा आयोजना गरिएकाले पनि धेरै प्रचार नपाएको हुनसक्छ ।

काठमाडौंबाट सारिएको महाधिवेशन केन्द्रीय सम्पर्क कार्यालय रहेको कपिलवस्तुको शिवगढीमा सुरु भएको हो । धर्मेन्द्र बास्तोलाले विद्रोह गरी नेकपा बहुमत गठन गरेपछि सुरु भएको महाधिवेशनमा आगामी कार्यदिशा तय गरिने यो पार्टीका नेताहरुले बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?