+
+

प्रभु साहको कदम अराजनीतिक : एमाले महासचिव पोखरेल

अनलाइनखबर अनलाइनखबर
२०७९ असोज २६ गते ११:३३

२६ असोज, काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले प्रभु साहको कदमलाई अराजनीतिक भनेर टिप्पणी गरेका छन् ।

नेकपा एमालेका नेता प्रभु साहले जसपासँगको तालमेलप्रति असहमती जनाउँदै स्वतन्त्र उम्मेदवारी दिएको सन्दर्भमा पोखरेलले उक्त टिप्पणी गरेका हुन् ।

प्रभु साह जसपासँगको तालमेलको सहमति सम्बन्धी बैठकमा सहभागी भएको, सहमति पश्चात मधेस प्रदेशमा उम्मेद्वार टुंगो लगाउने छलफलमा बसेको र निर्णय भएअनुसार रौतहटको टिकट पनि लिएर गएको पोखरेलले उल्लेख गरेका छन् । ‘तर पार्टीलाई धोका दिएर अन्तिम समयमा आफूले स्वतन्त्र उम्मेद्वारी दिनु भो र अन्य क्षेत्रका उम्मेद्वारको टिकट समेत नदिकन समय गुजार्ने षडयन्त्र गर्नु भो,’ पोखरेलले फेसबुकमा लेखेका छन् ।

उनले फेसबुकमा अगाडि लेखेका छन्, ‘यस प्रकारको छलछाम गठबन्धनका नेतासँगको षडयन्त्रपूर्ण साठगाँठ नै हो ।’

रौतहटका जनताले षडयन्त्रलाई राम्ररी बुझेको भन्दै उनले एमाले–जसपाबीचको तालमेल सफल बनाउनुपर्ने बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?