+
+

खेल मिलेमतोको आरोपमा क्रिकेटर छायाकरलाई १४ वर्षको प्रतिबन्ध

अनलाइनखबर अनलाइनखबर
२०७९ असोज २६ गते १४:२७

२६ असोज, काठमाडौं । भारतीय मुलका युएईका क्रिकेटर मेहर छायाकरलाई अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी)ले १४ वर्ष लामो प्रतिबन्ध लगाएको छ ।

उनलाई क्रिकेटको कुनै पनि प्रतियोगिता खेल्न नपाउने तथा क्रिकेटसँग सम्बन्धित कुनै पनि कार्यमा संलग्न हुन नपाउने गरि प्रतिबन्ध लगाएको हो । उनलाई २०१९ मा जिम्बावेमा भएको एकदिवसीय क्रिकेटमा तथा २०१९ मा नै क्यानडामा भएको ग्लोबल टी–२० फ्रेञ्चाइजमा समेत खेल मिलेमतो गरेकोमा दोषि पाइएको आइसीसीले जनाएको छ ।

उनलाई त्यसअघि पनि आईसीसीले २०१८ मा युएईको आज्मानमा भएको क्रिकेट प्रतियोगितामा अनैतिक काम गरेको ठहर गरिएको थियो । ‘हामीले पहिलो पटक २०१८ मा गल्ती ठहर गरि उनलाई चेतावनी दिएका थियौं । त्यसपछि पनि त्यस्तै कार्यमा आवद्ध भई खेललाई खराब गर्ने काम गरेका कारण हामीले उनलाई लामो प्रतिबन्ध लगाएका हौं’, आइसीसीले भनेको छ ।

भारतमा जन्मिई युएईमा हुर्किएका छायाकरले खेलकुदका भ्रष्टचार विरोधी संस्थासँग समन्वय गर्न समेत मानेका थिएनन् । छायाकरसँगै २०१९ मा युएईका अन्य चार खेलाडीलाई पनि सरकारको भ्रष्टाचार विरोधी संस्थाको विरुद्धमा काम गरेको आरोप लागेको थियो ।

उक्त कार्य पश्चात २०२१ को मार्चमा युएईका पूर्व कप्तान मोहम्मद नाविद र ब्याटर साइमन अनवरलाई आठ वर्ष लामो प्रतिबन्ध लागेको थियो । त्यस्तै कदिर अहमद पाँच वर्षको लागि तथा विकेटकिपर ब्याटर गुलम सबिर २०२१ को सेप्टेम्बरमा चार वर्षको लागि प्रतिबन्धमा परेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?