+
+

थामिनसक्नु छ डीभी भर्नेको भीड (फोटोफिचर)

चन्द्रबहादुर आले चन्द्रबहादुर आले
२०७९ असोज २६ गते १७:४१

२६ असोज, काठमाडौं । अमेरिकाले सन् २०२४ का लागि इलेक्ट्रोनिक डाइभर्सिटी भिसा (ईडीभी) कार्यक्रमको आवेदन खुला गरेको छ । आवेदन खुलेसँगै नेपालीहरु यो वर्ष पनि चिठ्ठा परेर स्थायी बसोबासका लागि अमेरिका जाने दौडमा छन् ।

१९ असोज २०७९ मा खुलेको डीभीको आवेदन २२ कात्तिक (अक्टोबर ५ देखि ८ नोभेम्बर ) सम्म भर्न पाइन्छ । विभिन्न मुलुकबाट दिइने यस्तो आवेदकहरु मध्येबाट हरेक वर्ष अमेरिकाले निश्चित व्यक्तिलाई चिठ्ठामार्फत आफ्नो मुलुकमा स्थायी प्रवेशको अनुमति दिइरहेको छ ।

अमेरिकामा सुन्दर भविष्य खोज्ने सपना पछ्याउँदै यो वर्ष पनि आवेदन खुलेकै दिनदेखि नेपालीहरु डीभी भर्ने केन्द्रहरुमा लाइन लागेका छन् । नेपालस्थित अमेरिकी दूतावासले डीभीबारे एक सार्वजनिक सूचना जारी गर्दै डीभी आवेदन निःशुल्क रहेको जनाएको छ ।

तर, काठमाडौं उपत्यकाका विभिन्न स्थानहरुमा शुल्कसहित डीभी भर्ने केन्द्रहरु सञ्चालनमा आएका छन् । फोटो स्टुडियोदेखि साइबर सञ्चालकले समेत आवेदकको आँखा तान्नेगरी प्रचार गर्दै शुल्कसहित डीभी आवेदन भराइरहेका छन् ।

ईडीभी भर्नेको भीडबारे काठमाडौंका विभिन्न स्थानमा अनलाइनखबरले गरेको स्थलगत अवलोकनामा अमेरिका जान आवेदन भर्न उत्साहसहित भएर नागरिकहरु लाइनमा लागेका भेटिए । तर उनीहरुले आवेदन किन भरिरहेको छ भन्नेबारे खुलेर बोल्न चाहेनन् ।

ईडीभी भर्न घण्टौंसम्म लाइनमा उभिएकाहरु सकेसम्म आफू ईडीभी भर्ने लाइनमा भएकोसमेत नदेखियोस् भन्ने चाहन्छन् । काठमाडौंका प्रमुख ईडीभी भर्ने स्थानहरुमा लागेको नेपालीहरुको भीड तस्वीरमा यस्तो देखिन्छ ।

लेखकको बारेमा
चन्द्रबहादुर आले

आले अनलाइनखबरका फोटोपत्रकार हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?