+
+

एक खेल अगावै इंग्ल्याण्डलाई टी-२० शृंखला

अनलाइनखबर अनलाइनखबर
२०७९ असोज २६ गते १८:२५

२६ असोज, काठमाडौं । अष्ट्रेलिया भ्रमणमा रहेको इंग्ल्याण्डले एक खेल अगावै टी-२० शृंखला आफ्नो पक्षमा पारेको छ ।

बुधबार दोस्रो टी-२० खेलमा अष्ट्रेलियालाई ८ रनले पराजित गर्दै इंङल्याण्डले तीन खेलको शृंखलामा २-० को अग्रता सहित आफ्नो पक्षमा पारेको छ । यसअघि पहिलो खेल पनि इंग्ल्याण्डले ८ रनले नै जितेको थियो ।

क्यानबेरामा इंङ्ल्याण्डले दिएको १७९ रनको लक्ष्य पछ्याएको अष्ट्रेलियाले ६ विकेट गुमाएर १७० रन मात्र बनाउन सक्यो । अष्ट्रेलियाका लागि मिचेल मार्सले २९ बलमा ३ चौका र २ छक्का मद्दतमा सर्वाधिक ४५ रन बनाए ।

टिम डेविडले २३ बलमा ४० रन बनाए । इंग्ल्याण्डका लागि साम कुरानले ४ ओभरमा २५ रन खर्चेर ४ विकेट लिए । त्यसअघि इंग्ल्यान्डले पहिले ब्याटिङ गर्दै ७ विकेट गुमाएर १७८ रन बनाएको थियो ।

इंग्ल्याण्डका लागि डेविड मलानले ४९ बलमा ७ चौका र ४ छक्का मद्दतमा सर्वाधिक ८२ रन बनाए ।

मोइन अलीले २७ बलमा ४४ रन बनाए । अष्ट्रेलियाका लागि मार्कुस स्टोइनिसले ३ तथा एडम जाम्पाले २ विकेट लिए । अब तेस्रो तथा अन्तिम खेल शुक्रबार हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?