+
+

प्रचण्ड भन्छन् : मलाई माइक्रोस्कोपले हेरेर बसेका छन्

अनलाइनखबर अनलाइनखबर
२०७९ असोज २९ गते १७:२७

२९ असोज, गोरखा । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफू माथि सबैको नजर परेको बताएका छन् ।

शनिबार नेपाली कांग्रेसले गोरखामा गरेको उम्मेदवारको परिचयात्मक एवं अभिमुखिकरण कार्यक्रममा उनले निर्वाचन आयोगले स्पष्टिकरण सोधेको प्रशंग निकाल्दै आफूलाई माइक्रोस्कोपले हेरेर बसेको बताए ।

‘अस्ति कसले बाजा बजायो भने, (हास्दै)… मलाई थाहा पनि छैन बाजा कहाँबाट आयो, कसले ल्यायो, कसले बजायो । निर्वाचन आयोगले स्पष्टीकरण सोध्यो । मैले बाजा बजाउने मेरो योजना होइन भनेर लिखित स्पष्टीकरण दिएँ,’ प्रचण्डले भने, ‘अहिले प्रचण्ड कता जान्छ के बोल्छ भनेर माइक्रोस्कोपले हेर्ने गरेका छन् ।’

गोरखा २ मा उम्मेदवारी दर्ता गराउने क्रममा पञ्चेबाजा बजाएको विषयमा निर्वाचन आयोगले स्पष्टिकरण सोधेको थियो ।

कार्यक्रममा प्रचण्डले निर्वाचित भएपछि गोरखाको विकासका निम्ति आफूले गर्ने कामहरुको विवरण सुनाए । बूढीगण्डकी परियोजना निर्माण कार्य अघि बढ्ने बताउँदै उनले आफूले जितेपछि झनै छिटो बन्ने आश्वासन दिए ।

रणनीतिक महत्व भएको बेनीघाट–आरुघाट–लार्के सडक तिव्र गतिमा निर्माण गर्ने प्रतिबद्धता उनले व्यक्त गरे । त्यस्तै बारपाक र माछाखोला जोड्ने रणनीतिक सडकसँगै भौतिक संरचना निर्माणको कामलाई अघि बढाउने उनले बताए ।

पालुङटार एयरपोर्ट सञ्चालनका लागि नागरिक उड्डयन प्राधिकरणसँग कुरा भइसकेको उनले जानकारी दिए । उनले चुनाव लगतै एयरपोर्ट सञ्चालन गर्ने उनले प्रतिबद्धता समेत व्यक्त गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?