+
+

डडेलधुरामा एकीकृत समाजवादी गठबन्धनबाट बाहिरियो, कांग्रेस (बीपी) सँग तालमेल गर्ने

अनलाइनखबर अनलाइनखबर
२०७९ असोज २९ गते २०:५५

२९ असोज, धनगढी । स्वतन्त्र उम्मेदवारलाई सघाएको भन्दै नेकपा एमालेले चुनावी तालमेल भंग गरेपछि नेपाली कांग्रेस (बीपी) ले नेकपा एकीकृत समाजवादीसँग तालमेल गर्ने भएको छ ।

शनिबार दुबै पार्टीले डडेल्धुरामा संयुक्त पत्रकार सम्मेलन गर्दै मंसिर ४ गते हुने निर्वाचनमा तालमेल गरेर जाने सहमति भएको जानकारी दिएका छन् ।

प्रतिनिधिसभामा कांग्रेस (बीपी) का कर्णबहादुर मल्ललाई नेकपा एकीकृतले सघाउनेछ भने उसले प्रदेशसभामा स्वतन्त्र उम्मेदवारी दिएका नेकपा एकीकृत समाजवादीका नेता डा. तारा जोशीलाई सहयोग गर्नेछन् ।

जोशीले पार्टी परित्याग गरेर स्वतन्त्र उम्मेदवारी दिए पनि तालमेल गर्ने सहमतिमा उनीसहित एकीकृत समाजवादीका जिल्ला अध्यक्ष कबिन्द्र विष्टले समेत हस्ताक्षर गरेका छन् ।

जोशी,  कांग्रेस (बीपी) र नेकपा एकीकृत समाजवादीका अध्यक्ष विष्टबीच ६ बुँदे सहमति भएको छ ।

समझदारी विपरीत कांग्रेस (बीपी) ले स्वतन्त्र उम्मेदवारलाई सघाउन लागेको भन्दै नेकपा एमालेले शुक्रबार मात्र तालमेल तोडेको घोषणा गरेको थियो । त्यसको भोलिपल्टै कांग्रेस (बीपी) र एकीकृत समाजवादीबीच सहमति भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?