+
+

‘ए रिस्ता क्या कहलता हैं’की अभिनेत्री वैशाली टक्करले गरिन् आत्महत्या

अनलाइनखबर अनलाइनखबर
२०७९ असोज ३० गते १६:१८

काठमाडौं । भारतीय टेलिभिजनकी चर्चित अभिनेत्री वैशाली टक्कर आफ्नै निवासमा मृत भेटिएकी छन् । पिंकभिल्लाका अनुसार मध्यप्रदेशको इन्दौरस्थित निवासमा उनी मृत अवस्थामा फेला परेकी हुन् । घटनास्थलमा सुसाइड नोट पनि भेटिएको छ ।

तर आत्महत्याको कारण चाहिं खुल्न सकेको छैन । पाँच दिनअघिसम्म उनको इन्स्टाग्रामबाट तस्वीर र रिल सेयर भइरहेका थिए, जहाँ उनी खुसी देखिन्थिन् ।

चर्चित टीभी सिरिज ‘ए रिस्ता क्या कहलता हैं’बाट उनले अभिनय करिअर थालेकी थिइन् । अर्को चर्चित सिरियल ‘ससुराल सिमरका’मा उनले अभिनय गरेको अञ्जली भारद्वाज चरित्र हिट भएको थियो ।

नेपालमा समेत उनको राम्रै फ्यान फलोइङ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?