+
+

तेक्वान्दोमा पुलिस टिम च्याम्पियन

अनलाइनखबर अनलाइनखबर
२०७९ कात्तिक २ गते १२:०१

२ कात्तिक, म्याग्दी । नवौं राष्ट्रिय खेलकुद अन्तर्गत म्याग्दीमा भएको तेक्वान्दोमा विभागीय टिम नेपाल पुलिस क्लब च्याम्पियन बनेको छ ।

राष्ट्रिय खेलकुद परिषद्को आयोजनामा म्याग्दीको बेनीमा भएको तेक्वान्दोमा ११ स्वर्ण, ४ रजत र १ कांस्य पदक सहित पुलिस पहिलो भएको हो । ७ स्वर्ण, ८ रजत र २ कांस्य पदक जितेको आर्मी दोस्रो र ३ स्वर्ण, २ रजत र ९ कांस्य पदक जितेको एपीएफ तेस्रो र मधेश प्रदेश १ स्वर्ण, २ रजत र ५ कांस्य सहित चौथो स्थानमा रह्यो ।

खेलमा प्रदेश १ ले ८ कांस्य, २ बागमतीले १ रजत र ३ कांस्य, गण्डकीले ७ कांस्य, लुम्बीनीले २ रजत र ४ कांस्य, कर्णालीले ३ कांस्य, सुदूरपश्चिम र एनआरएनएले एक-एक रजत पदक जिते ।

मंगलबार महिला ४९ केजी समूहमा एपीएफकी गिता विष्टले स्वर्ण, पुलिसकी अञ्जली तामाङले रजत, मधेशका मनिषा वाइवा र लुम्बीनिका रतिका शाहीले कांस्य पदक जिते ।

महिला ६२ केजीमा पुलिसकी सुस्मिता मोक्तानले स्वर्ण, आर्मीकी रेश्मा थापाले रजत, कर्णालीका वेविका वस्नेत र प्रदेश १ का प्रज्ञा परियारले कांस्य पदक जिते ।

पुरुष ६३ केजीमा पुलिसका गोविन्दबहादुर आलेले स्वर्ण, सेनाका राहुल कुमालले रजत, मधेशका विक्रान्त ढुंगेल र एपीएफका रञ्जित साउदले कांस्य पदक जिते,  पुरुष ६८ केजी तौल समुहमा आर्मीका सगुन श्रेष्ठले स्वर्ण, बागमतीका सागर तामाबले रजत, लुम्बीनीका नविन चौधरी र एपीएफका  मोहम्मद रितिकले कांस्य पदक जिते ।

पुरुष ८७ केजी तौल समूहमा पुलिसका कवी अधिकारीले स्वर्ण, मधेशका अमितकुमार सिंहले रजत,

एपीएफका निरज देउवा र कर्णालीका सोहन राउतले कांस्य पदक जिते ।

महिला ४६ केजीतर्फ नेपाली सेनाकी काजल श्रेष्ठ, महिला ६७ केजीमा प्रहरीकी इन्दिरा वस्नेत, महिला ७३ केजीमा सेनाकी नम्रता तुलाधर, पुरुष ८७ केजी भन्दा माथिको तौल समूहमा एपीएफका भिमबहादुर खड्का, महिला ७३ केजी भन्दा माथि तौल समूहमा एपीएफकी सुस्मिता गुरुङ, पुरुष ८० केजीमा प्रहरीका अभिषेक बरालले स्वर्ण पदक जते  ।

महिला ४६ केजीमा सुदरपश्चिमकी झरना नाथले रजत, शसस्त्रका बर्षा थापा र बागमतीका रोशनी

श्रेष्ठले कांस्य, महिला ६७ केजीमा सेनाकी ग्यानी चुदाँराले रजत, प्रदेश १ की सविना

माझी र एपिएफकी सोरन गुरुङले कांस्य र महिला ७६ केजीमा एनआरएनएकी सुमित्रा खत्रीले रजत, लुम्बिनीका सुष्टि सुर्तुङ्गा मगर र एपीएफकी रेजिना पार्कीले कांस्य पदक जिते  ।

पुरुष ८७ केजीभन्दा माथिको तौल समूहमा प्रहरीका आसुतोष बरालले रजत, गण्डकीका  निरजबहादुर नेपाली र मधेशका विकास तामाबले कांस्य, महिला ७३ केजी भन्दा बढीको तौल समूहमा आर्मीका प्रतिज्ञा भण्डारीले रजत, कर्णालीकी इला केसी र मधेशका प्रवली बस्नेतले कांस्य र पुरुष ८० केजी तौल समूहमा सेनाका जक्की यादवले रजत, एपिएफका  जनकबहादुर जोशी र मधेशका पवनकुमार श्रेष्ठले कांस्य पदक जिते ।

महिला ७ केजी तौल समूहमा नेपाली सेनाका सन्ध्याकुमारी सिंहले स्वर्ण, लुम्बीनीकी सिर्जना विष्टले रजत, गण्डकीकी सोविता थापा र पदेश १ का समिक्षा लिम्बुले कांस्य पदक जितेका छन् । ७४ केजी पुरुषतर्फ एपीएफका उमेशराजा भण्डारीले रजत, बागमतीका दानबहादुर तामाङ र गण्डकीका शंकर पौडेलले कांस्य पदक जिते ।

५४ केजी पुरुषतर्फ मधेशका अफ्ताब आलमले रजत, प्रदेश १ का शिव खड्का र सेनाका अम्बिकाप्रसाद घिमिरेले कांस्य पदक जितेका छन् ।

प्रहरीका निशा दर्नाल महिला र कमल श्रेष्ठले एकल पुम्सेमा स्वर्ण पदक दिलाए । महिलातर्फ नेपाली सेनाकी स्वतिका तामाङ रजत, प्रदेश १ की सुशीला राई र गण्डकीकी अर्पण अधिकारीले कांस्य पदक जितेका छन् ।

पुम्से एकल पुरुषमा लुम्बीनीका युवराज रानाले रजत, गण्डकीका आयुष गुरुब र प्रदेश १ का विवेक राईले रजत पदक जिते ।

पुम्से पियरमा प्रहरीका निशा दर्नाल र अस्मिन राउतले स्वर्ण, सेनाका दीपेन्द्र गुरुब र प्रशन्ना क्षेत्रीले रजत, गण्डकीका आयुश गुरुब र अर्पणा अधिकारी तथा प्रदेश १ का विवेक राई र सुविक्षा राईले कांस्य पदक जिते ।

पुरुषको टिम पुम्सेमा पुलिसका प्रेमबहादुर लिम्बु, जितबहादुर बोट र कमल श्रेष्ठले स्वर्ण, सेनाका दिपेन्द्र गुरुब, राजन रिमाल, रामकुमार पोखरेलले रजत, गण्डकीका टार्जन कायत मगर, तिलक सिउथानी मगर र युकेश थापामगर तथा एपीएफकी सिर्जन श्रेष्ठ, नोर्वु मोक्तान र योवन दाहालले कांस्य पदक जिते ।

टिम पुम्से महिलामा सेनाका स्वतीका तामाङ, निता गुरुब, प्रशन्ना क्षेत्रीले स्वर्ण, पुलिसका निशा दर्नाल, सिता तामाङ, मोनिका रम्तेलले रजत, एपीएफकी मोनिका मगर, स्मृति नेपाली र चन्दा शाही तथा प्रदेश १ का मनिषा विश्वकर्मा, शान्ति राई र शुशिला राईले कांस्य पदक हात पारे ।

गेरोगीतर्फ महिला ५३ केजी तौल समूहमा सेनाकी गीता कडायतले स्वर्ण, एपीएफकी अस्मिता खड्काले रजत, नेपाल प्रहरीका आयुष लामा र लुम्बिनीका निमा मल्लले कांस्य पदक जिते । पुरुष ५८ केजी तौल समूहमा मधेश प्रदेशका सोव अख्तरले स्वर्ण, प्रहरीका सुवासचन्द्र बोहोराले रजत, सेनाका लोकबहादुर राउत र बागमतीका रमेश केसीले कांस्य पदक जिते ।

विजेता खेलाडीलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टंकलाल घिसिङ, बेनी नगरपालिकाका प्रमुख सुरत केसी, उपप्रमुख ज्योति लामिछाने, राखेपका सदस्य रमेश धमला, ओलम्पियन दीपक विष्ट, जिल्ला खेलकुद विकास समिति म्याग्दी अध्यक्ष दिनेश केसी, बेनी नगरपालिका ८ का वडा अध्यक्ष उत्तमकुमार कर्माचार्यलगायतले पुरस्कार वितरण गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?