+
+

आहा ! कति राम्रो फूल

चन्द्रबहादुर आले चन्द्रबहादुर आले
२०७९ कात्तिक ३ गते १७:४४

३ कात्तिक, काठमाडौं । बिहीबार ललितपुरको जाउलाखेलमा १५ औं गोदावरी फूल प्रतियोगितात्मक प्रदर्शनी सुरु भएको छ । प्रदर्शनीमा पुष्प व्यवसायीले आफ्नो नर्सरीका फूलहरु बिक्रीका लागि प्रदर्शनीमा राखेका छन् ।

तिहारको समयमा पूजा गर्न धेरै फूल किन्छन् भने सर्वसाधारणले घर सजावटमा पनि फूलका विरुवा किन्ने गर्छन् । त्यसैले पुष्प व्यवसायीले यही बेलामा मेला, प्रदर्शनहीहरु आयोजना गर्छन् ।

फ्लोरिकल्चर एशोसिएशन नेपालका अध्यक्ष मीनबहादुर तामाङले विगतका वर्षमा भन्दा यस वर्षको तिहारमा भारतबाट ल्याइने फूलमा कमी आउने बताए ।

पछिल्लो समय व्यावसायिक रूपमा फूल खेती गर्नेको सङ्ख्या पनि बढेको छ । नेपालमा नै पुष्प व्यवसायको व्यवसायिक उत्पादन बढ्दै गएकाले चाडपर्वमा आवश्यक फूल विदेशबाट आयात गर्न नपर्ने अवस्थामा पुगेको छ ।

फ्लोरिकल्चर एशोसिएशन नेपालले यो वर्षको तिहारमा करिव साढे २४ लाख फूलका माला खपत हुने बताएको छ । गत वर्षको तिहारमा भन्दा यो वर्षको तिहारमा दुई लाख मालाको खपत बढेर साढे २४ लाख फूलको माला खपत हुने बताएको छ ।

तिहारको पाँच दिनमा करिव २० लाख सयपत्री, सवा चार (४.२५) लाखभन्दा बढी मखमली र २० हजार गोदावरी फूलको माला खपत हुने फानको अनुमान रहेको छ । नेपालमा तिहारका लागि गत वर्ष करिव १२ करोड रुपैयाँ बराबरको फूलको कारोबार भएको थियो । यो वर्ष करिव साढे १३ करोड रुपैयाँ बराबरको फूलको कारोबार हुने फ्लोरिकल्चर एशोसिएशन नेपालको अनुमान छ ।

हेर्नुहोस तस्वीरहरु   

लेखकको बारेमा
चन्द्रबहादुर आले

आले अनलाइनखबरका फोटोपत्रकार हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?