+
+

बसले मोटरसाइकललाई ठक्कर दिँदा प्रहरी हवल्दारको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०७९ कात्तिक ४ गते २०:५२

४ कात्तिक, धनगढी । कैलालीमा बसले मोटरसाइकललाई ठक्कर दिँदा प्रहरी हवल्दारको मृत्यु भएको छ । पूर्वपश्चिम राजमार्ग अन्तरगत लम्कीचुहा नगरपालिकाको ढुङ्गे बजार नजिकै बसले ठक्कर दिँदा इलाका प्रहरी कार्यालय चिसापानीमा कार्यरत प्रहरी हवल्दार ३७ वर्षीय नेत्रप्रसाद जैशीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

जैसी सवार से१ ब २१६ नम्बरको मोटरसाइकललाई ना ६ ख ७४५९ नम्बरको बसले पछाडीबाट ठक्कर दिएको थियो । दुर्घटनामा घाइते उनको उपचारका क्रममा टीकापुर अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक(डीएसपी) वेदप्रकाश जोशीले जानकारी दिए ।

लम्कीचुहा नगरपालिका घर भएका जैसी कार्यालयकै काममा वडा नम्बर ३ को बलचौरमा खटिएका थिए । बस र चालक ज्यातीसिंह चौधरीलाई प्रहरीले नियन्न्त्रणमा लिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?