+
+

ग्लोबल आईएमई बैंकले १३.६ प्रतिशत लाभांश दिने

अनलाइनखबर अनलाइनखबर
२०७९ कात्तिक ७ गते ११:३०

काठमाडौं । ग्लोबल आईएमई बैंकले आफ्ना शेयरधनीलाई १३.६ प्रतिशत लाभांश दिने भएको छ । बैंक सञ्चालक समितिको आइतबार बसेको बैठकले नेपाल राष्ट्र बैंक तथा बैंकको आगामी वार्षिक साधारणसभाबाट स्वीकृति पश्चात वितरण गर्ने गरी आर्थिक वर्ष २०७८/७९ को वितरण योग्य मुनाफाबाट आफ्ना शेयरधनीलाई १३.६ प्रतिशत लाभांश (बोनश शेयर ३ प्रतिशत र नगद लाभांश १०.६ प्रतिशत) वितरण गर्ने प्रस्ताव गरेको बैंकले जनाएको छ ।

बैंकको चुक्ता पूँजी २३ अर्ब ७९ करोड रुपैयाँको ३ प्रतिशतले हुन आउने करिब ७१ करोड ३८ लाख रुपैयाँ बराबरको बोनश सेयर र १०.६ प्रतिशतले हुन आउने करिब २ अर्ब ५२ करोड २३ लाख रुपैयाँ बराबरको नगद लाभांश सेयरधनीहरुलाई वितरण गर्ने भएको छ ।

ग्लोबल आईएमई बैंकले आर्थिक वर्ष २०७८/७९ मा ४ अर्ब ९६ करोड रुपैयाँ खुद मुनाफा आर्जन गरेको थियो । ३ प्रतिशत बोनश सेयर वितरण पश्चात बैंकको चुक्ता पूँजी २४ अर्ब ५० करोड रुपैयाँ पुग्ने छ । बैंकका अनुसार कुल २८९ अर्ब निक्षेप तथा २७४ अर्ब रुपैयाँ कर्जा लगानी रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?