+
+

ट्वीटरको हेडक्वार्टरमा एलन मस्कको प्रवेश

अनलाइनखबर अनलाइनखबर
२०७९ कात्तिक १० गते १०:३९

काठमाडौं । विश्वकै धनी एलन मस्क ट्वीटरको हेडक्वार्टरमा पुगेका छन् । अमेरिकाको सान फ्रान्सिस्कोमा रहेको ट्वीटरको मुख्यालयमा पुगेका उनले त्यहाँ कर्मचारीसँग छलफल पनि गरेका छन् ।

मस्कले बेसन बोकेर ट्वीटरको मुख्यालय छिर्दै गरेको भिडियोसहित ट्वीट गरेका छन्, ‘ट्वीटरको मुख्यालयमा प्रवेश गर्दै – त्यो भित्र डुब्न दिनुहोस् ।’

अर्को ट्वीटमा उनले लेखेका छन्, ‘आज ट्वीटरमा धेरै राम्रा मानिसहरुसँग भेटेँ ।’

यस्तै मस्कले ट्वीटरमा आफ्नो बायो अर्थात परिचय फेरेका छन् । उनले परिचयमा ‘चीफ ट्वीट’ राखेका छन् । यस्तै लोकेसनमा ट्वीटर हेडक्वार्टर पनि ।

ट्वीटर खरिदका लागि गरको सम्झौता कार्यान्वयन गर्न अदालतले तोेकेको समय सकिनुअघि उनले ट्वीटरको कार्यालय भ्रमण गर्नु र आफ्नो परिचय ट्वीटरका प्रमुखका रुपमा लेख्नुले उनी अदालतको आदेश कार्यान्वयन गर्न गइरहेका छन् भन्ने रुपमा बुझिएको छ ।

विश्वका सबैभन्दा धनी व्यक्ति तथा टेस्ला कम्पनीका सीईओ एलन मस्कले सन् २०२२ को सुरुवातमै माइक्रो ब्लगिङ साइट ट्वीटर खरीद गर्ने प्रस्ताव गरेका थिए । उनले ट्वीटर कम्पनीको शतप्रतिशत शेयर ४४ अर्ब डलरमा खरीद गर्ने बताए ।

सोही बमोजिम मस्क र ट्वीटर कम्पनीबीच सम्झौता पनि भयो । तर पछि एलन मस्क ट्वीटर खरीद गर्ने सम्झौताबाट पछि हटे । मस्कको यस्तो एकतर्फी निर्णय विरुद्ध ट्वीटरले अदालत गुहारेको थियो । अदालतले त्यसपछि शुक्रबारसम्ममा सम्झौता कार्यान्वयन गर्न आदेश दिएको थियो । अदालतको आदेश आएको अवस्थामा एलन मस्कले पुनः ट्वीटर कम्पनी खरीद गर्ने मनस्थिति बनाएका हुन् ।

ट्वीटरले आफ्नो प्लाटफर्ममा रहेका फेक अकाउन्टहरुको वास्तविक तथ्यांक उपलब्ध नगराएको आरोप लगाउँदै ट्वीटर कम्पनी खरीद गर्ने सम्झौताबाट पछि हटेका मस्क पुरानै प्रस्तावित मूल्यमा ट्वीटर खरीद गर्न तयार भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?