+
+

डेंगुबाट निको हुँदै सलमान, कटरिनासँगै बिग बोसमा फर्कने

अनलाइनखबर अनलाइनखबर
२०७९ कात्तिक १० गते १५:४०

काठमाडौं । बिग बोसको नयाँ सिजन सुरु हुनु र अभिनेता तथा प्रस्तोता सलमान खानलाई डेंगु संक्रमण हुनु करिब एकसाथ भयो । डेंगुले सुताएका सलमान अब भने  क्रमश: तंग्रिदैछन् । पूर्ण रुपले ठीक भइसकेपछि पुनः उनी बिग बोसको छायांकनमा व्यस्त हुनेछन् ।

डेंगुकै कारण उनले ‘विकेन्ड का वार’ एपिसोड छायांकन गर्न पाएका थिएनन् । अतः सलमानको अनुपस्थितिमा कार्यक्रमलाई अगाडि बढाएका थिए फिल्ममेकर करण जौहरले ।

डेंगुले उनलाई पूर्ण रुपमा छाडेको छैन । यसैबीच उनी आफ्ना ज्वाइँ आयुश शर्माको जन्मदिन मनाउन पुगेका थिए । सलमानले आउँदो बिहीबार विकेन्ड का वार छायांकन गर्नेछन् । यसमा सलमानसँग पाहुनाको रुपमा कटरिना कैफ रहनेछिन् । खासगरी क्याटरिना बिग बोसको यो सिजनमा आफ्नो फिल्म ‘फोन भूत’को प्रचारप्रसार गर्नका लागि उपस्थित हुन लागेकी हुन् । जगजाहेर छ, कटरिना सलमानकी पूर्वप्रेमिका हुन् । गत वर्ष कटरिनाले अभिनेता विक्की कौशलसँग विवाह गरेकी हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?