+
+
फ्राइडे रिलिज :

हरिवंशको ‘महापुरुष’ नेपाल, अष्ट्रेलिया र अमेरिकामा एकैसाथ रिलिज

बिहानी शोमै अकुपेन्सी बलियो

अनलाइनखबर अनलाइनखबर
२०७९ कात्तिक ११ गते १०:०८

काठमाडौं । हरिवंश आचार्यको प्रमुख भूमिका रहेको फिल्म ‘महापुरुष’ आज (शुक्रबार)देखि नेपाल, अष्ट्रेलिया र अमेरिकामा एकसाथ रिलिज भएको छ । नेपालका १११ हलमा लागेको फिल्मको शुक्रबार बिहानैदेखि अकुपेन्सी आक्रामक देखिएको छ ।

मध्यान्ह र अपरान्हका शोको अकुपेन्सी पनि शतप्रतिशत हुने प्रक्षेपण छ । बलियो मार्केटिङ शैली, पब्लिसिटी र ट्रेलरबाटै फिल्मले प्राप्त गरेको संवेदनाको प्रभाव ओपनिङमा देखिने अपेक्षा छ ।

आइतबारसम्मै तिहार र छठ पर्व बिदा पनि भएकाले पहिलो सप्ताहन्तमा ‘महापुरुष’को ओपनिङ उछाल हुने अनुमान छ । ट्रेन्ड हेर्दा फिल्मले दुई अंकसम्मको कमाइ गर्नसक्छ ।

काठमाडौं, चितवन र इटहरीमा भएका तीन अलग प्रिमियरको प्रतिक्रियाको फाइदा समेत महापुरुषलाई हुनेछ । तर फिल्म रिलिज भएपछि मात्र यसले दर्शकबाट वास्तविक वर्ड अफ माउथ हासिल गर्नेछ जुन यसको लाइफटाइम दौडका लागि महत्वपूर्ण हुनसक्छ ।

प्रदीप भट्टराई निर्देशित यो सोसल ड्रामा फिल्मले एक्लोपनको जीवन बाँचिरहेका एकल पुरुषको कथा भन्छ । हरिवंशसहित फिल्ममा रविन्द्रसिंह बानियाँ, अरुण क्षेत्री, अञ्जना बराइलीको प्रमुख भूमिका छ ।

दीपेश म्याक्स खत्री निर्माता रहेको फिल्मको कार्यकारी निर्माता रविन्द्रसिंह बानियाँ हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?