+
+

विवादित अभिव्यक्तिले पपस्टार कान्ये वेस्ट संकटमा, अर्बपतिको सूचीबाट बाहिरिए

अनलाइनखबर अनलाइनखबर
२०७९ कात्तिक ११ गते १२:१४

काठमाडौं । विश्वचर्चित र्‍याप गायक कान्ये वेस्ट यतिबेला जीवनकै अभूतपूर्व संकटमा छन् । बितेका २० वर्षमा कमाएको लोकप्रियता र प्रभाव अहिले धर्मराएको छ ।

पछिल्लो समय साम्प्रदायिक र धार्मिक भावना विपरीतका अभिव्यक्ति दिन थालेपछि एडिडास, ब्यालेन्सियागा र ग्यापजस्ता फेसन ब्राण्डले उनीसँगको सम्झौता रद्द गरेका छन् ।

फोर्ब्स म्यागजिनले त उनी अर्बपतिको सूचीबाट हटेको जनाएको छ । अर्बपति हुँदा उनको कुल सम्पत्ति १.५ बिलियन डलर थियो, जसमा एडिडासको हिस्सा ४०० मिलियन डलर हुन आउँथ्यो ।

सामाजिक सञ्जालमा समेत खासगरी यहुदीविरोधी टिप्पणी गर्न थालेपछि गत साता इन्स्टाग्रामले उनलाई प्रतिबन्ध लगाइसकेको थियो ।

अब प्रश्न उठ्छ, यतिबेला वेस्टसँग न त कुनै म्युजिक लेभल नै छन्, न त संगीत निर्माता । भविष्यमा संगीत निर्माण कसरी गर्नेछन् भन्ने प्रश्न पनि उब्जिएको छ ।

पछिल्लो पटकको उनको यस्तो दुर्व्यवहार प्रकरणमा वेस्टसँग सम्झौता रद्द गर्ने ब्राण्डसँगै युनिभर्सल र सोनी म्युजिक पनि जोडिएका छन् । पछिल्लो समय पश्चिमा विश्वका मनोरञ्जन जगतका ब्राण्डले यौन, रंगभेद र धर्मसम्बन्धी विषयमा शून्य सहनशीलता अपनाउँदै आएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?