+
+

‘महापुरुष’लाई शनिबार डेढ करोड, अमेरिका प्रदर्शनका लागि हरिवंश न्युयोर्क जाँदै

अनलाइनखबर अनलाइनखबर
२०७९ कात्तिक १२ गते १९:५१

काठमाडौं । हरिवंश आचार्य स्टारर फिल्म ‘महापुरुष’ले प्रदर्शनको दोस्रो दिन शनिबार पनि घरेलु बक्स अफिसमा उछाल कमाइ गरेको छ । फिल्मले शनिबार डेढ करोड रुपैयाँ ग्रस हाराहारीमा कमाइ गरेको हो । एक करोड हारहारीमा ओपनिङ गरेको फिल्मको शनिबारको कलेक्सन स्वभाविक रुपमा बढ्ने अनुमान थियो ।

फिल्मको दुईदिने कमाइ २ करोड ५० लाख रुपैयाँ ग्रस हाराहारी हुन आउँछ । आइतबार पनि छठ पर्वको बिदा भएकाले फिल्मले तीन करोड रुपैयाँ ग्रसको आँकडालाई सहजै पार गर्ने निश्चित छ ।

‘महापुरुष’को दुई दिने कलेक्सनमा काठमाडौं उपत्यकाको बढी योगदान छ । उपत्यका बाहिरबाट जति कमाइ हुनुपर्ने त्यति देखिएको छैन, उपत्यकाका मल्टिप्लेक्सबाट फिल्मले आक्रामक कमाइ गरेको छ । काठमाडौं, भक्तपुर र ललितपुरस्थित ए वर्गका मल्टिप्लेक्समा शनिबारका सबै शो हाउसफुल रहे ।

यसैबीच, महापुरुषले अमेरिका र अष्ट्रेलियामा सन्तोषजनक ओपनिङ गरेको विवरण प्राप्त भएको छ । निर्माताले ती दुई ओभरसिज मुलुकको कमाइ सार्वजनिक गर्ने तयारी गरिरहेका छन् । अभिनेता हरिवंश आचार्य अमेरिकामा हुने फिल्म प्रदर्शनमा भाग लिन भोलि त्यसतर्फ प्रस्थान गर्ने कार्यक्रम छ ।

प्रदीप भट्टराई निर्देशित फिल्मलाई म्याक्स दीपेश खत्रीले निर्माण र रविन्द्रसिंह बानियाँले कार्यकारी निर्माण गरेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?