+
+
Shares

जुली महतोलाई आयोगले सोध्यो २४ घण्टे स्पष्टीकरण

अनलाइनखबर अनलाइनखबर
२०७९ कात्तिक १२ गते २०:०६

१२ कात्तिक, काठमाडौं । धनुषा–३ का उम्मेदवार जुली महतोलाई निर्वाचन आयोगले २४ घण्टे स्पष्टीकरण सोधेको छ ।

नेकपा एमालेकी उम्मेदवार महतोले आफ्नो तस्वीरसहितको फ्लेक्स अटो रिक्साको पछाडि राखेको भन्दै आयोगले स्पष्टीकरण सोधेको छ ।

‘..तपाईंले आफ्नो तस्वीरसहितको फ्लेक्स अटो रिक्साको पछाडि राखी निर्वाचन प्रचारप्रसार गरेको कार्य निर्वाचन आचारसंहिताको उल्लेखित दफा १३ को उपदफा (१) को खण्ड (ड) को प्रतिकुल रहेको आयोगको ठहर छ’ आयोगले पत्रमा लेखेको छ ।

महतोलाई पत्र प्राप्त भएको २४ घण्टाभित्र आफै उपस्थित भएर वा प्रतिनिधि मार्फत् स्पष्टीकरण दिन आयोगले निर्देशन दिएको छ ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?