+
+

गोरखामा प्रचण्डले भने : यो चुनाव मेरा लागि अहिलेसम्मकै सहज

अनलाइनखबर अनलाइनखबर
२०७९ कात्तिक १३ गते २०:००

१३ कात्तिक, काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले यसपटकको निर्वाचन आफ्ना लागि अहिलेसम्मकै सहज भएको बताएका छन् ।

आइतबार गोरखामा आयोजित कार्यक्रममा उनले गोरखाबाट उम्मेदवार हुँदा रिल्याक्स महसुस गरेको बताए ।

‘गोरखा आउन पाएकोमा गौरवान्वित भएको छु, एकदमै खुशी छु । अहिलेसम्मका निर्वाचनमध्ये मेरो लागि सबैभन्दा सहज यही हो’ उनले भने, एक ढंगले यहाँ आउँदा रिल्याक्स फिल गरेको छु ।’

प्रचण्डले आफू निश्चित सपना बोकेर गोरखा आएको भन्दै अब विकास र समृद्धिको यात्रा गोरखाबाट सुरु गर्ने बताए । नेपाल समाजवादी पार्टीका अध्यक्ष तथा गोरखा–२ बाट यसअघि निर्वाचित नेता डा. बाबुराम भट्टराईप्रति प्रचण्डले कृतज्ञता व्यक्त गरे ।

‘सधैं एउटै मान्छे हुनु ठीक होइन भनेर उहाँले उदारता व्यक्त गर्नुभयो, तर मलाई मलाई यहाँ हुनुपर्छ भनेर जोड गर्नुभयो । म उहाँलाई धन्यवाद दिन चाहन्छु’ प्रचण्डले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?