+
+

पालिकाका प्रमुखलाई नियन्त्रण गर्ने कानुन आवश्यक : देवेन्द्रराज कँडेल

अनलाइनखबर अनलाइनखबर
२०७९ कात्तिक १३ गते १८:५१

१३ कात्तिक, बुटवल । नेपाली कांग्रेसका केन्द्रीय सदस्य देवेन्द्रराज कँडेलले स्थानीय तहका प्रमुखहरुले राजनीतिक पूर्वाग्रह राखेर अधिकारको दुरुपयोग गरेको भन्दै उनीहरुलाई नियन्त्रण गर्ने कानून बनाउनुपर्ने बताएका छन् ।

आइतबार आफ्नै निवासमा पत्रकार सम्मेलन गरेका कँडेलले प्रमुख जिल्ला अधिकारीहरुको वरियता र अधिकार कटौती गरेर पालिका प्रमुखहरुलाई दिनु गलत भएको बताए ।

‘सीडीओलाई पालिका प्रमुख भन्दा तल राखेर गलत गरेका छौं’, कँडेलले भने, ‘पालिका प्रमुखहरुले अधिकार दुरुपयोग गरेका छन्, यसलाई सच्याउनुपर्छ र कन्ट्रोल गर्ने अधिकारसम्पन्न संयन्त्र बनाउनुपर्छ ।’

कँडेलले लुम्बिनी सरह रामग्राम स्तुपालाई विश्व सम्पदामा सूचीकृत गराई छुट्टै विकास समिति बनाउन पहल गरिने समेत बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?