+
+

सरोज र करिश्माको फिल्म ‘बगान’को गीत ‘उडी छुनु छ आकाश’ रिलिज

अनलाइनखबर अनलाइनखबर
२०७९ कात्तिक १५ गते ११:३७

काठमाडौं । सरोज खनाल निर्देशित फिल्म ‘बगान’को गीत ‘उडी छुनु छ आकाश’ रिलिज भएको छ । काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा निर्माताले गीत सार्वजनिक गरे ।

करिश्मा मानन्धर, मिथिला शर्मा, प्रमिला कार्की भिडियोमा फिचर्ड छन् । करिश्मा आमाको भूमिकामा प्रस्तुत छिन् भने प्रमिला छोरीको चरित्रमा । हरि लम्सालले संगीत गरेको गीतमा बानिका प्रधानको स्वर र सुरेश वाग्लेको शब्द छ ।

एकल महिलाको संवेदना, छटपटी र खुसीको चाहनालाई गीतमा प्रस्तुत गरिएको छ । फिल्ममा करिश्माका पति विनोद मानन्धर कार्यकारी निर्माताको रुपमा छन् ।

नीर शाह, बसुन्धरा भुसाल, सरोज खनाल समेत गीतमा चित्रण छन् । लिरिकल शैलीमा बनाइएको भिडियोले फिल्म ‘बगान’को कथावस्तु, पात्रको मनोदशा र द्वन्द्वलाई चित्रण गरेको छ ।

अभिनेताको रुपमा स्थापित सरोजले यही फिल्मबाट निर्देशन थालेका छन् । सुरेश वाग्ले निर्माता रहेको फिल्मको प्रदर्शन मिति सार्वजनिक भएको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?