+
+

जुम्लामा कात्तिक २० देखि मदिरा बिक्रीमा रोक

अनलाइनखबर अनलाइनखबर
२०७९ कात्तिक १५ गते १७:२०

१५ कात्तिक, जुम्ला । जुम्लामा ४ मंसिरको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन सुरक्षाका लागि २० कात्तिकदेखि नै मदिरा बिक्रीमा रोक लगाइएको छ ।

जिल्लामा निर्वाचन आचार संहिता पालनाको विषयमा छलफल गर्न बसेको सर्वदलीय, सर्वपक्षीय वैठकमा २० कात्तिकदेखि मतगणना नसकिउन्जेलसम्म मदिरा बिक्री रोक्ने निर्णय गरेको हो ।

शान्ति सुरक्षा कायम गर्न मदिरा वेचविखन तथा सेवन रोक्ने निर्णय भएको  सहायक प्रमुख जिल्ला अधिकारी प्रमिला रिजालले जानकारी दिइन् ।

उनका अनुसार चन्दननाथ नगरपालिकाको कृष्ण मन्दिर र जिल्ला प्रशासन कार्यालय आसपासका क्षेत्रमा आमसभा, नारा जुलुस, भिडभाड लगायतका गतिविधिमा रोक लगाइएको छ ।

४ मंसिरको निर्वाचनका लागि मतपत्रबाहेक सबै ५४ प्रकारको सामग्री जिल्लामा आइसकेको जिल्ला निर्वाचन अधिकारी महेश शर्माले जानकारी दिए । उनका अनुसार मतपेटिका पनि ल्याइसकिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?