+
+

खुसीलालको समर्थन इन्द्र बानियाँलाई

अनलाइनखबर अनलाइनखबर
२०७९ कात्तिक १६ गते ६:३५

१६ कात्तिक, हेटौंडा । मकवानपुर प्रदेशसभा क्षेत्र नम्बर २ (२) बाट स्वतन्त्र उम्मेदवारी दिएका खुसीलाल चेपाङले नेपाली कांग्रेसका उम्मेद्वार इन्द्रबहादुर बानियाँलाई समर्थन गरेका छन् ।

मंगलबार साँझ हेटौंडामा पत्रकार सम्मेलन गर्दै चेपाङले आफ्नो उम्मेदवारी निष्क्रिय पारेर सत्तारुढ गठबन्धनका उम्मेदवार बानियाँलाई समर्थन गरेको घोषणा गरेका हुन् ।

पत्रकार सम्मेलनमा उनले वितरण गरेको विज्ञप्तिमा भनिएको छ, ‘निर्वाचन आयोगमार्फत् मेरो उम्मेदवारी फिर्ता लिन प्राविधिक कारणले नमिल्ने भए पनि राजनीतिक रुपमा म आफू उम्मेदवार नरहेको पुनः स्पष्ट पार्दै प्रतिनिधि सभा-२ को प्रदेशसभा (२) मा लोकतान्त्रिक-वाम गठबन्धनका साझा उम्मेदवारलाई सहयोग गर्न अपिल गर्दै यो प्रेस विज्ञप्ति जारी गर्दछु ।’

नेकपा माओवादी केन्द्रका नेता चेपाङले सत्तारुढ दलहरुले उम्मेद्वारका सम्बन्धमा गरेको सहमतिमा चित्त नबुझेको भन्दै मकवानपुर-२ (२) बाट स्वतन्त्र उम्मेदवारी दिएका थिए .

गठबन्धन दलहरुबिचको सहमतिअनुसार यो क्षेत्र नेपाली कांग्रेसलाई भाग लगाइएको थियो । गठबन्धनका दलहरुको तर्फबाट नेपाली कांग्रेस बागमती प्रदेशका सभापति समेत रहेका बानियाँले उम्मेदवारी दर्ता गराएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?