+
+
फिफा विश्वकप :

प्रिमियर लिग क्लबले मानेनन् अर्जेन्टिना फुटबल संघको अनुरोध

अनलाइनखबर अनलाइनखबर
२०७९ कात्तिक १६ गते १७:०३
अर्जेन्टिनाका प्रशिक्षक लियोनल स्कोलानी

१६ कात्तिक, काठमाडौं । विश्वकप सुरु हुनुअघि अन्तिम चरणकाे खेलमा आफ्ना खेलाडीलाई आराम दिन अर्जेन्टिना फुटबल फेडेरेसनले गरेको आग्रह इंग्लिस प्रिमियर लिग क्लबहरुले अस्वीकार गरेका छन् ।

विश्वकपमा आफ्नो खेल अगाडि नै हुने भन्दै अर्जेन्टिनाले नोभेम्बर १२ र १३ मा हुने प्रिमियर लिगका खेलहरुमा आफ्ना खेलाडीलाई टिममा नराख्न अनुरोध गरेको हो ।

यसअघि अर्जेन्टिना एफएले एउटा इंग्लिस क्लबलाई विश्वकपअघि अन्तिम चरणको लिग खेल अगाडि नै आफ्ना खेलाडी रिलिज गर्न पत्राचार गरेकोमा क्लबले अस्वीकार गरेको थियो ।

क्लबले प्रिमियर लिगका अरु क्लबहरुलाई यसबारे जानकारी गराएको थियो । त्यसपछि क्लब र देशबीचको विवादमा लिगका सबै क्लबहरु एकस्वर हुने अनौपचारिक सहमति भएको बताइन्छ ।

अर्जेन्टिनी राष्ट्रिय टोलीका ६ जना स्टारहरु प्रिमियर लिगका विभिन्न क्लबबाट खेलिरहेका छन् । लिसान्द्रो मार्टिनेज र अलेजान्द्रो गार्नाचो म्यानचेस्टर युनाइटेडमा छन् । एस्टोन भिल्लामा इमिलियानो बुण्डिया र इमिलियानो मार्टिनेज अनुबन्ध छन् । क्रिष्टियन रोमेरोले टोटनह्याम र एलेक्सिस म्याक एलिस्टरले ब्राइटनबाट खेलिरहेका छन् ।

लियोनल स्कोलानीको प्रशिक्षणमा रहने अर्जेन्टिनाले नोभेम्बर १६ मा युएईसँग मैत्रीपूर्ण खेल खेल्नेछ । समूह सीमा रहेको अर्जेन्टिनाले त्यसको ६ दिनपछि साउदी अरवसँगको खेलमार्फत विश्वकपको सुरुवाल गर्नेछ ।

फिफाको नियमअनुसार नोभेम्बर १४ सम्म खेलाडी रिलिज गर्न क्लबहरु बाध्यकारी हुने छैनन् । विश्वकप अघिको अन्तिम चरणको खेलमा खेलाडी आफैंले चोटग्रस्त भएको स्वघोषणा गर्न सक्नेमा क्लबहरु सचेत छन् ।

प्रशिक्षक स्कोलानीले विश्वकप खेल्ने प्रारम्भिक अक्टोबर २१ मा ५५ बाट ३५ हुँदै ३२ जनाको टिम बनाएका छन् । टिममा रहेका अधिकांशको नाम गोप्य राखिएको छ । नोभेम्बर १३ सम्म २६ जना खेलाडीको सूची सार्वजनिक गरिसक्नुपर्नेछ ।

Results

२०८० माघ १८, बिहीबार
2 - 1
२०८० माघ १७, बुधबार
1 - 0
२०८० माघ १६, मंगलबार
1 - 0
२०८० माघ १५, सोमबार
1 - 1
२०८० माघ १४, आइतबार
0 - 3
२०८० माघ १३, शनिबार
0 - 2
२०८० माघ १२, शुक्रबार
2 - 0
२०८० माघ ११, बिहीबार
0 - 1
२०८० माघ १०, बुधबार
0 - 1
२०८० माघ ९, मंगलबार
1 - 2
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?